पछिल्लो ६ महिने कार्यकालको समिक्षा गर्दै देउवा, उच्च सरकारी अधिकारी बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पछिल्लो ६ महिने कार्यकालको समिक्षा गर्नका लागि बालुवाटारमा सरकारी अधिकारीहरूलार्इ छलफलमा बोलाएका छन् ।

त्यसका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई बालुवाटारमा बोलाएका हुन् ।

राष्ट्रिय योजना आयोगको आयोजनामा हुने यो कार्यक्रममा सरकारवाट भएको काम कारवाहीको अनुगमन तथा मुल्याङकनका विषयमा विशेष समिक्षा गरिने योजना आयोगले जनाएको छ ।

समिक्षा कार्यक्रम प्रत्येक ६–६ महिनामा हुने गर्दछ ।

Loading...