रूपन्देहीमा गोली चल्यो, एक घाइते

रूपन्देही । जिल्लाको देवदह २ नगरपालिकामा मोटरसाइकलमा अाएको अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । गोली लागेर काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेल घाइते भएका छन्।

टाउँकोमा गोली लागि घाइते भएका पौडेलको लुम्विनि अस्पतालमा उपचार भइरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले जानकारी दिए।

मोटरसाइकलमा आएका युवाले मिलमा काम गरिरहेका पौडेललाई गोली हानि फरार भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले गोली हान्नेलाई खोजी गरिररहको जनाएको छ।

Loading...