बलु हत्याको विरोधमा रूपन्देही बन्द जनजीवन प्रभावित

रुपन्देही । शनिबार देबदहका व्यापारी वसन्त पौडेल बलुको हत्याको विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ ।

एमाले निकट युवा संघ र अनेरास्ववियूले गरेको बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । हत्यारालाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याई कडा कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको जनाइएको छ । मृतक पौडेल एमाले कार्यकर्ता समेत हुन् ।
पौडेलको शुक्रबार अज्ञात समूहले उनकै काठ मिलमा पुगेर गोली हानि हत्या गरेको थियो । बन्दका कारण सवारी साधन चलेका छैनन् । यद्यपि सडकमा बन्दकर्ता सडकमा केहीको संख्यामा छन् । बुटवलका चोक चोकमा एमाले कार्यकर्ताहरु देखिएका छन् । सुरक्षाकर्मीको संख्या बाक्लो देख्न सकिन्छ ।

बलुको शुक्रबार गोली हानेर हत्या भएको थियो । घटनाको फरार अभियुक्त मनोज पुुनले जिम्मा लिएका छन् ।

Loading...