प्रदेशको राजधानी तोक्ने जिम्मा बामगठबन्धन सरकारलार्इ, देउवा पछि हटे

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयबाट पछि हटेको छ । प्रदेश राजधानी माग गर्दै धेरै ठाउँमा आन्दोलन हुन थालेपछि प्रधानमन्त्री देउवा अस्थायी राजधानी तोक्ने तयारीबाट पछि हटेका हुन् ।

यसको विकल्पमा उनले सातै प्रदेशको पहिलो प्रदेशसभा बैठक काठमाडौँमै गराउने र यही सपथ गराउने गरी प्रक्रिया अगाडि बढाएका छन् ।

बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरु समेत सकारात्मक बनेपछि शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकबाट सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अपेक्षा गरिएको थियो। तर बहिर्गमनको सम्मुखमा थप विवादमा पर्न सक्ने महशुस गर्दै देउवा सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयबाट पछाडि हटेका हुन् ।

अब प्रदेशको राजधानी तोक्ने जिम्मा अागामी सरकारको हुने छ । एमाले अध्यक्ष केपी अोली प्रधानमन्त्रीको रूपमा अाउँदै गर्दा उनले प्रदेशस्तरमा हुने अान्दोलनको समेत सामना गर्नुपर्ने छ ।

बालुवाटार स्रोतका अनुसार प्रतिपक्षी दलले सरकारलार्इ असफल बनाउन अान्दोलनको विउ रोपेको र संक्रमणकालिन राजनीतिलार्इ बढावा दिएको भन्दै देउवा प्रदेश राजधानी तोक्ने निर्णयबाट पछि हटेका हुन् ।

अान्दोलनलार्इ मथ्थर पार्नका लागि देउवाले यो कदम चालेका हुन् । अब सरकार राष्ट्रियसभा निर्वाचन र प्रदेशप्रमुखको नियुक्त गरी बाहिरिने छ । थप विवादमा पर्न चाहन्न, स्रोतले भन्यो ।

निर्वाचन आयोग र प्रदेश प्रमुखको समझदारीमा उपयुक्त स्थान तय गरेर प्रदेशसभाको अस्थायी बैठक बसाल्ने वा राजधानी काठमाडौँ मै बसाल्ने भन्नेमा अान्तरिक रूपमा प्रधानमन्त्री देउवा छलफलमा जुटेका छन् ।

सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्ने र प्रदेशप्रमुखलाई निर्वाचन आयोगले प्रदेशसभाका सदस्यको नामावली काठमाडौंमै बुझाउँनेछ ।

केन्द्र सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न सक्ने भएपनि प्रदेश सभाको बैठकले त्यसलाई परिवर्तन गर्न सक्नेछ । तर एकपटक अस्थायी राजधानी तोकिएपछि त्यसलाई परिवर्तन गरी आफ्नो ठाउँमा सार्न कठिने हुने आकलनमा धरान, धनकुटा, इटहरी, कपिलवस्तु, डडेल्धुरा, दिपायल, जुम्ला लगायतका ठाउँमा आन्दोलन चर्किएको थियो ।

विरोधका बाबजुद अस्थायी राजधानी घोषणा गरिएको भए सरकारबाट जाँदाजाँदै देउवाले देशव्यापी विरोधको सामना गर्नुपर्ने थियो। अन्तिम समयमा आएर सातै प्रदेशको पहिलो बैठक र सपथ काठमाडौंमै गराउने निर्णयमा देउवा पुगेका हुन्।

Loading...