रुचाइएका श्रीमान वीरवहादुर दुई दिन अझै

चितवन । शनिबार सम्मका लागि श्रीमान बिरबहादुर मञ्चन गरिने भनिएता पनि दर्शकको उत्साहले २ दिन समय बढाईएको छ । मञ्चन भईरहेको नाटक हेर्ने दर्शकले समय बढाउन माग गरेपछि दर्शकहरुको माया र प्रोत्साहनले समय बढाईएको कर्मी नाट्य समूह चितवनका संयोजक मुकुन्द खलपात्रले जानकारी दिनुभयो ।

श्रीमान बिरबहादुर सोमबार सम्मका लागि मञ्चन हुनेछ । शनिबार नाटक मञ्चन हेर्न र कलाकारहरुको प्रोत्साहन बढाउन श्रीमान बिरबहादुर कथा लेखक रामलाल जोशी स्वयम नारायणी कला मन्दिर आईपुग्नुभएको थियो । नाटक मञ्चन हेरीसकेपछि लेखन समयमा भन्दा अहिले आफ भाबुक भएको साहित्यकार रामलाल जोशीले बताउनुभयो ।

साथै उहाले चितवनमा कथा श्रीमान बिरबहादुर मञ्चन हुदा भाग्यमानी महसुस गरेको साहित्यकार जोशीले बताउनुभयो । सुदुरपश्चिमको अध्यारो समाज र नारी माथी हेरीने दृष्टिकोणलाइृ देखाउन खोजेको बताउदै उहाले सुदुरपश्चिममा रहेको एउटा मुद्धाले रंगमञ्चमा स्थान पाउदा खुशी व्यक्त गर्नुभयो । जोशीकै २०७२ सालको मदन पुरस्कार प्राप्त कृति ऐना कथासङग्रहभित्रको एउटा कथा श्रीमान् बीरबहादुर लाई नाट्य रूपान्तरण गरेर कर्मी नाट्य समूह चितवनले नाटक मञ्चन गरेको हो ।

कृपा अधिकारी पे्रमलता शाही ठकुरी , सुरेश जिसी बिरबहादुर , अञ्जान ढुङ्गाना, सुमित आचार्य, विवेक तिवारी, अस्मिता थापा, प्रदीप आचार्य, रञ्जना सापकोटालगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चितवनमा कर्मी नाट्य समूहले पहिलोपटक नाटकघर निर्माणका लागि नाटक प्रस्तुत गर्न लागेको हो । नाटकको परिकल्पना तथा निर्देशन भिष्म जोशीले गर्नुभएको हो ।

उहा आफै नाटकमा असई प्रहरीको भुमीकामा हुनुहुन्छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा हरेक दिन दुई÷दुई शो मञ्चन भईरहेको कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रले बताउनुभयो । उहाँका अनुसार हरेक दिन दिउँसो १ र ४ बजे नाटक मञ्चन हुनेछ । नाटक हेर्नको लागि २ सय र ५ सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । चितवनले मेडिकल सिटी, गजलको राजधानी तथा अन्य उपनामहरु पाइरहँदा नाट्य क्षेत्रको विकास र सम्र्बद्धनका लागि नाटकघरको आवश्यकता महसुस गर्दै कर्मी नाट्य समुहले प्रयास गरेको समूहका संयोजक मुकुन्द खलपात्रले जोड दिनुभएको छ । यसअघि पनि नाटकघर निर्माणका लागि एकल कविता वाचनका साथै अन्य विविध कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Loading...