कालिकोटे व्यवसायीको हत्यारालाई कारवाहीको माग

चितवन । कालिकोट घर भएका उमेश पाण्डेको षडयन्त्रपुर्वक हत्या भएको भन्दै हत्यारालाई तत्काल कारवाही गर्न आफन्तले माग गरेका छन् । विगत २ वर्षदेखि चितवनमा गलैचा व्यवसाय गरिरहेका उमेशको गलैचा व्यापारीले नै हत्या गरेको आफन्तले दाबी गरेका छन् ।

व्यवासायमा निरन्तर प्रगति गरिरहेका उमेशको व्यवसाय फस्टाउदै गएपछि गलैचा व्यापार गर्ने ठुला डिलरले आफ्नो व्यापार धरापमा पर्ने देखेपछि हत्या गरेको आशंका आफन्तले गरेका छन् । शनिवार नेपाल पत्रकार महासघं चितवनमा पत्रकार सम्मेलन गर्दै उमेशका ठुलोबुवाका छोरा मनमोहन पाण्डेले हत्याराले उमेशलाई हत्या गरि नदि किनारमा फालेको र पछि प्रहरीको सहयतामा खोजी गर्दा हिलाम्य अवस्थामा लास फेला पारिएको जानकारी दिनुभयो ।

भरतपुर वडा न. २ लिलाचोकमा उमेश डेरामा बस्दै आएका थिए । गत पुष ११ गते दिउँसो उनका गलैचा व्यापार गर्ने साथी गोविन्द पाण्डेले गलैचाको होलसेल पसल खोलेका पार्टी खुवाउने भन्दै नरेश न्यौपाने गगांलाल पाण्डे र अकंल कठायतले लिलाचौकमै रहेको एक होटलमा लगि अत्याधिक मादक पदार्थ सेवन गराएको र हिड्नै नसक्ने भएपछि निजको हत्या गरिएको उमेशका दाई मनमोहनले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो त्यतिमात्र होईन होटलमा रक्सी ख्वाएर दोहोरी साझँ लगेछि त्यहिं आन्तरिक सरसल्लाहमा कतै लगेर हत्या गरेका छन्, हामीले सिसि क्यामेरामा कैद भएको दृष्यलाई पनि आधार मान्न सकिन्छ । कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा न. ९ भात्तडी बस्ने १९ वर्षका आफ्नो छोरा उमेशले ल्वाव असिस्टेन्ट अध्ययन सकि परिवार समेत पाल्दै आएको बताउदै छोराको हत्याले परिवार विच्छिप्त भएको बुवा कालि प्रसाद पाण्डेले बताउनुभएको थियो ।

उसको हत्या षडयन्त्रपुर्ण तरिकाले भएको हो, तिमीहरुलाई पनि हत्या गर्नुपर्छ उमेशका बुवा कालि प्रसादले भन्नुभयो । स्पष्ट शव्द समायोजन गरि बोल्न नजान्ने उहाँले छोरा हत्यारालाई कार्वाही गराउन दबाव दिन आग्रह गर्नुभयो । घटनालाई विभिन्न तरिकाले मोड्न खोजिएको छ, हामीले विचार गरिरहेका छौं, ३० जना भन्दा बढि कालिकोटबाट चितवनमा गलैचा व्यापार गरिरहेका आफन्तहरुले भनेका छन , हामीलाई अव काम गर्नै असुरक्षा हुन थाल्यो ।

हत्यामा सङलग्न भएको आशंकामा उनीहरु जिल्ला प्रहरी कार्यालयमा छन् । हत्याको विषयमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Loading...