गैँडाकोट महोत्सवको तयारी तिब्र, स्वागतद्वारमा मौलाकालिका मन्दिरको झल्को

चितवन । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवको मूल प्रवेशद्धार मौलाकालिका मन्दिर जस्तो हुने भएको छ । पहिलो गैँडाकोट महोत्सवमा पनि मौलाकालिका मन्दिरको केही छनक ल्याउन खोजिएको थियो भने ।

यस पटक मूल प्रवेशद्धारले मौलाकालिका मन्दिरको आभाष दिने प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । गैँडाकोट नगरपालिकाकै पवित्र तीर्थस्थलको रुपमा रहेको मौलाकालिका मन्दिरको कलात्मक प्रवेशद्धारले गैँडाकोटको धार्मिक पर्यटकीय महत्त्वलाई अझ बढी योगदान दिने आयोजकको दाबी रहेको छ ।

महोत्सवमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्िष्ट्रय उत्पादनका स्टल समेत रहने प्रचारप्रसार समितिका संयोजकसापकोटाले बताउनुभयो । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवमा डेढ करोडको आम्दानी हुने अनुमान गरिएको छ ।

महोत्सवका लागि अनुमानित खर्च ७० देखि ८० लाख सम्म खर्च हुने प्रारम्भीक अनुमान गरिएको प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । सापकोटाका अनुसार डेढ करोड आम्दानी हुने र करिब ५० लाख जति बचाउन सकिन्छ की भन्ने आयोजकको अनुमान रहेको छ ।

दोस्रो गैँडाकोट महोत्सवमा डेढ लाख अवलोकन कर्ता भित्राउने गरी तयारी भइरहेको प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । गैँडाकोट सानको रुपमा लिइएको गैँडाकोट महोत्सवको तयारी भइरहेको छ । आन्तरिक तयारी करिब करिब अन्तिम चरणमा पुगेको र गैँडाकोट २ को नारायणी किनार नारायणी पुल मुनीको प्रदर्शनी स्थलमा हुन लागेको महोत्सवमा अहिले स्टल निर्माणको काम धमाधम भइरहेको सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार प्रदर्शनी स्थलमा ३ सय ५० स्टल रहने बताउनुभयो । एउटा स्टल बुकिङका लागि १० हजार देखि ३० हजारसम्म लाग्ने बताइएको छ । महोत्सवमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्िष्ट्रय उत्पादनका स्टल समेत रहने प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ ।

Loading...