अनुनादको लोकार्पण तथा अन्तरक्रिया

चितवन । कविडाँडा साहित्य समाजले लेखक टीकाराम रेग्मीको स्मृतिग्रन्थ अनुनादको आज भरतपुरमा एक विशेष कार्यक्रममा लोकार्पण तथा अन्तरक्रिया गरेको छ । समाजका अध्यक्ष एल बी क्षेत्रीको सभापतित्व तथा प्रसिद्ध निबन्धकार रामबाबु घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लोकार्पित कृति अनुनादका बारेमा समीक्षक द्वय डा. एकनारायण पौडेल र सूर्यप्रकाश जमरकट्टेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । समीक्षामाथि द्वारिका नेपाल, रमेश प्रभात र धनराज गिरीले टिप्पणी गर्नुभएको थियो ।

लेखकले आफूले करिब आठ महिनासम्म अस्ट्रेलिया भ्रमणका क्रममा अनुभूत गरेका स्मृतिहरूलाई समेटेर कृति तयार पारेका हुन् । मदन पुरस्कार विजेता रामलाल जोशीलगायत करिब एक सय जनाको उपस्थितिमा भएको कार्यक्रम वाल्मीकि साहित्य सदनको सभाकक्षमा सम्पन्न भएको थियो । कार्यक्रम कविडाँडा साहित्य समाजका सचिव गणेश श्रमणले सञ्चालन गर्नुभएको थियो ।

Loading...