इक्यान चितवनको अध्यक्षमा भानुभक्त खरेल निर्वाचित

चितवन । शैक्षिक परामर्श संघ (इक्यान) चितवनको अध्यक्षमा युवा व्यवसायी भानुभक्त खरेल निर्वाचित हुनु भएको छ । शनिबार भरतपुरमा भएको छैठौं वार्षिक साधारणसभा तथा अधिवेशन मार्फत २४ मतका साथ खरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी हिम्मत पुरीले १९ मत प्राप्त गर्नुभयो ।
यसैगरि उपाध्यक्षमा सुवास गौतम (२२), सचिवमा रविन केसी (२४) मतका साथ विजयी हुनुभयो । उपाध्यक्षका प्रत्यासी मंजित ढकाल (२०), सचिवका प्रत्यासी राजेन्द्र श्रेष्ठले १९) मत प्राप्त गर्नुभयो ।
यसैगरि कोषाध्यक्षमा सुदिप भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा कृष्ण कँडेल, प्रकाश रिजाल, सुलभ दवाडी, एकराज डल्लाकोटी निर्वाचित हुनुभएको छ । सदस्यमा निर्वाचित डल्लाकोटी र प्रभास क्षेत्रीले समान २१ मत प्राप्त गरेपछि गोलाप्रथाबाट डल्लाकोटी निर्वाचित हुनुभएको हो ।
यसअघि आजै भएको वार्षिक साधारणसभा तथा अधिवेशन साँसद कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यता तथा इक्यानका अध्यक्ष जीवन रिजालको अध्यक्षतामा सम्पनन भएको थियो । कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पौडेललगायतको उपस्थिति रहेको थियो ।

Loading...