उवासंघ चितवन निर्वाचनः अटो मेकानिकल व्यवसायीको समर्थन प्रधानलाई

चितवन । उद्योग वाणिज्य सँघ चितवनको निर्वाचन नजिकिदैँ जाँदा विभिन्न वस्तुगत सँंघहरुले उम्मेद्वारहरुको खुलेरै समर्थन गर्न थालेका छन् । यसैक्रममा अटो मेकानिकल व्यवसायी सँघ चितवनले अध्यक्ष पदका उम्मेद्वार सहनलाल प्रधान टिमलाई जिताउने घोषणा गरेको छ ।

सँघका पूर्व अध्यक्ष वलराम भण्डारी प्रधान प्यानलवाट वाणिज्य उम्मेद्वार रहेको र व्यवसायीक हक,हितका लागि प्रधान प्यानल सक्षम देखिएकाले समर्थन गरेको सँघका अध्यक्ष राम लोहनीले जानकारी दिनुभयो । उहाँले सँघका करिव १ सय ५० जना उद्योग वाणिज्य सँघको सदस्य रहेको वताउनुभयो । आधिकारिक निर्णय नभएपनि सँघले प्रधान प्यानललाई विजयी गराउन लागिपरेको उहाँको भनाई छ ।

यसैविच उद्योग वाणिज्य सँघ चितवनको आसन्न अधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार सहनलाल प्रधानले व्यवसायीको साथ र हौसलाले उत्साहित भएको वताउनुभएको छ । आज नारायणगढमा व्यवसायीक भेटघाट तथा घरदैलोका क्रममा व्यवसायीसँग कुराकानी गर्दै प्रधानले आफू सँधै व्यवसायीक हकहितमा लग्ने वताउनुभयो । उहाँले अहिलेसम्म कुनै व्यवसायीको अहितमा काम नगरेको भन्दै आगामी दिनमा व्यवसायीको समस्यामा साथ दिने वताउनुभयो । ढुक्कसँग व्यवसाय गर्ने वतावरण निर्माण गर्नु आफ्नो पहिलो कर्तव्य हुने प्रधानको भनाई छ ।

प्रधान सहितको प्यानलले आज (आइतवार) नारायणगढको मेनरोड, कमलनगर, सहिदचोक, वेलचोक, धर्मचोक र लंकुका विभिन्न ठाँउमा घरदैलो गरेको छ । प्रधान प्यानलवाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ,उपाध्यक्षमा भोजराज कौडाल,चिरन्जीवि सुवेदी र सुमन श्रेष्ठ उम्मेद्वार बन्नुभएको छ । उद्योग वाणिज्य सँघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ ।

Loading...