मूल्यवृद्धिप्रति निर्माण व्यवसायीको आपत्ती

चितवन । हिउँदयामको सुरुवातसँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै कावासोतीका हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । कावासोतीमा रहेका हार्डवेयर व्यवशायिहरुले सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएको छ ।

व्यवसायहरुमा थिनै उद्योग कम्पनीहरुले एकाएक थेग्ने नसक्ने गरी सामानको मुल्य वढाएको देख्दा अवाक भएको कावसोती हार्डवेयर व्यवशायि संघका अध्यक्ष महेन्द्र भण्डारीले बताउनुभयो । विगत १० दिन देखी नेपाल भरीका सिमेन्ट र छड कम्पनीहरुले बिना कारण र बिना आधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसीसिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँमूल्यवृद्धि गर्दा व्यवसाय वन्द गर्नु पर्ने अवस्थामा पुगेको व्यवशायिहरुले बताएका छन ।

Loading...