शिक्षामा विभेदः नवनिर्वाचित सांसद पोखरेल

चितवन । शिक्षा प्रणली बिभेदपुर्ण रहेको चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद कृष्णभक्त प्रोखरेलले बताउनुभयो । शिक्षा सबैका लागि एकै प्रकारको हुनुपर्ने भएता पनि त्यस्तो नभएको उल्लेख गर्नुभएको छ । आदिकबि भानु माध्यामिक बिद्यालयको चितवन क्षोत्र नम्बर २ का नवनिर्बाचित जनप्रतिनिधिलाई गरिएको स्वागत तथा बधाई कायृक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

उहाले हाम्रो संबिधानले समाजबाद उन्मुख राष्टबाद भनेता पनि एकै प्रकारको शिक्षा निति अबलम्बन गर्न नसकिएको बताउनुभएको हो । साथै उहाले प्राबिधिक शिक्षा दिन नसक्नु नै युवाहरु बिदेशीनुको मुख्य जड रहेको औल्याउनुभयो । सांसद प्रोखरेलले बिद्यालयको बिकास र शैक्षीक गुणस्तरियता बृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रदेश सभाका सांसद विजय सुबेदीले नेपालमा नमुना योग्य र देखाउन लायक बिद्यालयको रुपमा आदिकबि भानु माध्यामिक बिद्यालयलाई बिकसित गर्नुपर्ने बताउनुभयो । बिद्यालयले आफुलाई परिपक्क र शैक्षीक गुणस्तर बृद्धि गर्दे गईरहेको समेत उल्लेख गर्नुभयो । त्यस्तै सामुदायीक बिद्यालयको स्तर उठन नसकेको अवस्थामा निजि बिद्यालय जस्तै सामुदायिक बिद्यालयको गुणस्तर बढाउन आवश्यक रहेकोमा प्रदेश सभाका सांसद घनश्याम दाहाल अबिनाशले जोड दिनुभएको छ । साथै अहिलेको प्राबिधिक शिक्षाको आावश्यक रहेको बताउनुभयो ।

साथै भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुर्ण बहादुर श्रेष्ठले सिंहदरबारको अधिकार गाउ गाउमा आएकोले हरेक क्षेत्रको बिकास सम्मृद्धि हुनेमा बिश्वस्त रहेको बताउनुभयो महानगरपालिकाले नगरसभा सम्पन्न गरिसकेको र प्रत्येक वडाको लागि १ करोड सिलिङ बजेट तथा अन्य बिबिध शिर्षकबाट गरेर नै वडा नम्बर २ मा मात्रै ३ करोड विनियोजीत भएको जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले सामुदायिक बिद्यालय मध्ये उत्कृट बिद्यालयको सुचिमा पर्ने आदिकबि भानु माध्यामिक बिद्यालयको बिकास र शैक्षीक गुणस्तर बढाउन सहयोग गनेृ प्रतिबद्धता जनाउनुभयो । बि सं २०२५ सालमा स्थापना भएको बिद्यालयले स्वर्ण जयन्ति मनाउन गईरहेको छ । साथै नया बिद्यालय व्यवस्थापन समिति गठन भएसंगै यसको भौतीक र शैक्षीक गुणस्तर बृद्धिमा फडको मारेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि अधिकारीले बताउनुभयो । नर्सरी देखी १२ कक्षा सम्म अध्यापन हुने सो बिद्यालयमा १५ सय बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन ।

Loading...