भरतपुर अस्पतालनमा उपचाररत वृद्धवृद्धलाई न्यानो कपडा

चितवन । लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीले संयुक्त रुपमा भरतपुर अस्पतालमा रहेको बृद्धबृद्धा वार्डमा लागि आईतबार ब्लाङकेट हस्तान्तरण कार्यक्रम गरेको छ । ईन्टरनेशनल ३ सय २५ बि टुका नेपालका संस्थापक अध्यक्ष मेल्भिन जोन्स को १ सय ३९ औ जन्मोत्सबको उपलक्ष्यमा सो कार्यक्रम गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभएको छ ।

उहाले भरतपुर अस्पतालमामा रहेको बृद्ध वार्ड जेनिटिक वार्डमा १० थान ब्लाङकेट बितरण गरिएको जानकारी दिनुभएको छ । साथै उहाले यसअघि भरतपुर अस्पतालमै उपचार गराईरहेका स्पाईल ईन्जुरीका बिरामीहरुलाई पनि संस्थाद्धारा नै ब्लाङकेट हस्तान्तरण गरिएको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर रुद्र मरासिनीको आग्रहमा बृद्धबृद्धा वार्डमा लागि आईतबार ब्लाङकेट हस्तान्तरण उल्लेख गर्नुभयो । सो कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डाक्टर प्रकाश खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो उहाले कार्यक्रममा बोल्दै सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।

साथै उहाले आगामी दिनमा पनि सहयोग र सहकार्यले निरन्तरता प्राप्त गर्नेमा जोड दिनुभएको छ । लायन्स क्लब अफ नारायणगढ नारायणी सदस्य अनुशा चुके ,लायन्स क्लब अफ नारायणगढ बालकुमारीका  संस्थापक अध्यक्ष,  लक्ष्मी चरण श्रेष्ठ, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका तारानाथ बराल पुर्ब अध्यक्ष , लायन्स क्लब अफ नारायणगढ बालकुमारीका ईश्वर कुमार  राजभण्डारी पुर्ब अध्यक्ष,  डा. उन्नत श्रेष्ठ , गोबिन्द श्रेष्ठ सचिब लगायतका व्यक्तित्वहरुको उपस्सिथति रहेको थियो ।

Loading...