लोप हुने खतरामा ऐतिहासिक नन्दन ताल

नवलपुर । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षणको र प्रवद्र्धनको अभावमा लोप हुने खतरामा पुगेको छ । जिल्लाको गाउँपालिका स्थित हकुई र सनई गाउँको सिमाना संग जोडिएको उक्त ताल संरक्षण र विकासमा अभावमा ओझेलमा परेको हो ।

करिब एक सय ३४ विघाहा क्षेत्रफमा फैलिएको उक्त एैतिहासिक नन्नदन तालको संरक्षण र विकासमा सम्बन्धित निकायले ध्यान नदिँदा तालको अस्तित्व नै मेटिने खतरा देखिएको छ । सयांै वर्ष पुरानो एतिहासिक नन्दन ताल नेपालका तालहरु मध्ये तेश्रो स्थानमा पर्दछ ।

पहिला ताल पानीले जलमग्न थियो । तालमा विभिन्न प्रजातीका रंङ्ग विरङ्ग चराचुरुङ्गीहरु आउँथे । तालमा विभिन्न फुलहरु फुलेर तालको सौन्दर्यता बढेको थियो । तालको भ्रमण अवलोक गर्न विभिन्न पर्यटकहरु आउने गर्दथे तर अहिले तालको त पनि त्यहाँ छैन । ताललाई त्यहींका स्थानिय बासीहरुले वर्षैनी पु¥दै मिच्दै खेती बनाईइ तालको अस्तित्व नै मेटिदिने कार्य गरेको स्थानिय समाजसेवी धरेन्द्र यादवले दुःख व्यक्त गरे ।

धेरै वर्ष अगाडी उक्त क्षेत्रमा प्राकृतिक सौन्दर्यता बढाएको ताल स्थानियद्धारा अतिक्रमण परि सो क्षेत्र नै उजाड बन्न पुगेको छ । ताल अहिले पुरै खेतको रुपमा परिणत भईसकेको छ । यसरी सरकारी सम्पदा अतिक्रमण भई लोप हुदै जाँदा यसका सम्बन्धित निकाय भने बेखबर बसेको छ । केही वर्षमा यता ताल संरक्षणका र व्यवस्थापन लागी सरकारी बजेट बिनियोज भएको थियो तर केहि राजनितिक चलखेलले तालको व्यवस्थापनमा केहि काम हुने वातारण बन्न सकेन् ।

ताल स्थानियहरु द्धारा अतिक्रमण भई जोतभोग हुन थाल्यो । ताल व्यवस्थापन गर्न खोज्दा स्थानिय स्तरबाट राजनितिक दबाब र स्थायिनहरुको झैझगडाले पटक पटक विवाद चुलिदै आएको छ । तालको बेलामै संरक्षण नहुदा ताल सुख्खा भएकोले दिन दिन प्रतिदिन अतिक्रमण बढन थालेको छ । केहिवर्ष तालको बाँध बाधेर यसलाई ठेक्का प्रकृयामा ल्याई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न साविक सनई गाविसले कदम चालेपछि ताल जोतभोग गर्ने स्थानिय व्यक्तिहरुको दबाबमा काम हुन सकेन् ।

तालमा पहिला पानी हुन्थ्यो ताल ताल झै देखिन्थ्यो तर स्थानियहरुले आफनो मनोमानी ढंगले ताललाई पुर्दै खेतबारी बनाएका छन् जसप्रति सम्बन्धित निकाय मौन बसेको छ । त्यति मात्र होईन कति पय सम्बन्धित निकायलाई त यहाँ ताल पनि छ भन्ने खबर पनि थाहा छैन । देशकै तेश्रो स्थानमा पर्ने यस एतिकासिक ताललाई जोतभोग गर्न पाईदैन भन्दा स्थानियहरुले गाउँपालिकामा राजनितिक दबाब दिने गरेका छन् ।

Loading...