उद्योग वाणिज्य संघ चितवनको निर्वाचनः प्रधान प्यानल भोट माग्दै माडीमा

चितवन । हिजोआज चितवनका उद्योगी व्यवसायीहरुलाई चुनावको चटारो छ । आफ्नो प्रतिनिधिमुलक संस्था उद्योग वाणिज्य सँघ चितवनको पुस ३० गते तोकिएको अधिवेशनमा आफू वा आफ्ना उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरु चितवनका विभिन्न क्षेत्रको दौडाहामा छन् ।

उनिहले प्रचार–प्रसारलाई तिव्रता दिँदै व्यवसायीलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन् । अध्यक्ष उम्मेद्वार सहनलाल प्रधान नेतृत्वको प्यानलले चुनावी अभियान अन्तर्रगत आज (सोमवार) माडीका व्यवसायीहरुको घरदैलोमा पुगेर भोट मागेका छन् । सो क्रममा व्यवसायीले पहिलो पटक प्रधान सहितको प्यानल भोट माग्न आएको भन्दै उत्साहित भएको वताए । उनिहरुले प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । टोलीले पश्चिम चितवनको शिवनगर,पार्वतीपुर लगाएतका क्षेत्रका व्यवसायीसँग पनि भेटघाट गरेर भोट मागेको थियो ।

यस्तै आजनै प्रधान प्यानलले भाडा वर्तन व्यवसायीहरुसंग छलफल गरि आफूहरुलाई जिताउन आग्रह गरेका थिए । भाडा वर्तन व्यवसायीले प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सो अवसरमा वोल्दै अध्यक्षका उम्मेदवार प्रधानले आफ्नो समूहले व्यवसायिक हकहितका लागि काम गर्ने बताउनुभयो । धेरै व्यवसायीसँग मैले भेटघाट गरिसकेको छु, म उठेकोमा साथीहरु निकै उत्साहित पाएँ र मैले जित्छु भन्नेमा विश्वस्त छु’ प्रधानले भन्नुभयो । उहाँले सवै व्यवसायीले भोट दिनेमा विश्वस्त पारेको भन्दै सवैतिर आफ्नो पक्षमा उस्तै माहोल देखिएको वताउनु भयो । उहाँले व्यवसायीहरुको समर्थनले आफ्नो प्यानलको जित सुनिश्चित भएको दावी गर्नुभयो ।

यसैविच प्रधान प्यानल वे गु्रपले नारायणगढमा आयोजना गरेको सरसफाई कार्यक्रममा समेत सहभागी भएको थियो । प्रधान प्यानलवाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ,उपाध्यक्षमा भोजराज कौडाल, चिरन्जीवि सुवेदी र सुमन श्रेष्ठ उम्मेद्वार बन्नुभएको छ । यस्तै कार्यसमिति सदस्यमा उद्योग तर्फ अशोक अधिकारी,विनोद पौडेल,चन्द्रमणी सापकोटा,रोहित कुमार श्रेष्ठ,सिद्धार्थलाल चुके र सोमप्रसाद काप्री उम्मेद्वार वन्नुभएको छ,भने वाणिज्य तर्फ बलराम भण्डारी,ज्ञानु प्रसाद न्यौपाने,इश्वरी प्रसाद खराल,लक्ष्मी रिमाल पौडेल,राजेन्द्र ओली र तारानाथ पाठक उम्मेद्वार बन्नुभएको छ । यस्तै महिला तर्फ कार्यसमिति सदस्य पदमा रजनी मास्के उम्मेद्वार बन्नुभएको छ ।

उद्योग वाणिज्य सँघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ ।

Loading...