चितवनका व्यवसायीको चुनावः घरदैलोमा व्यस्त राजु श्रेष्ठको प्यानल

चितवन । उद्योग वाणिज्य संघ चितवनको चुनावी सरगर्मी बढेसंँगै  उम्मेद्वारहरुले घरदैलौ एवं चुनावी प्रचार–प्रसारलाई तिव्रता दिईरहेका छन् । उनीहरु आफ्ना एजेण्डा एवं प्रतिबद्धता सहित व्यवसायी सामु उपस्थित भएका छन । 
 
राजु श्रेष्ठको प्यानल पनि आफूलाई जिताउन घरदैलौ कार्यक्रमलाई तीब्रता दिइरहेका छन ।   घरदैलौ एवं भेटघाट गर्ने क्रममा   अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफूले उद्योग वाणिज्य संघ रहेर लामो समय योगदान दिएको भन्दै आफ्नो सही मूल्यांकन व्यवसायीहरुले गर्नेमा ढुक्क रहेको बताए। पछिल्लो समय व्यवसायीको हक हित र पक्षमा आवाज उठाउंँदै आएको भन्दै आफूलाई सबै उद्योग व्यवसायीको साथ समर्थन रहेको खुशी व्यक्त गरे । 
 
उनले आफ्नो समर्थनमा आम उद्योगी व्यवसायी रहेको कारण पनि आफूले विजयी हासिल गर्नेमा विश्वस्त रहेको बताए । आज भाडा वर्तन व्यवसायी, क्यान्सर गेटका औषधी व्यवसायी एवं वित्तिय सहकारी का व्यवसायीहरुसंग भेटघाट एवं छलफलका क्रममा आफूहरुलाई जिताउन आग्रहसंगै उनीहरुको पूर्ण समर्थन पाएकोमा आफू उत्साहित रहेको बताए ।
 
उम्मेदवार अध्यक्ष श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु कँडेल, उपाध्यक्षहरुमा राजेन्द्र कँडेल, नविन कँडेल,  ‘विपिन’ रामुदामु प्रतिस्पर्धामा छन  । यस्तै सदस्यहरुमा प्रभात ढुंगाना, विकास थापा, दुर्गाप्रसाद गौतम, इ.कृष्णप्रसाद रिजाल, मुना गुरुङ लिला क्षेत्री, शंकर घिमिरे, सुलोचना श्रेष्ठ, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, दिनेश राठी, बाबुराम कँडेल उम्मेद्वार रहेका छन  । अहिले यी सबै घरदैलो तथा चुनावी प्रचारप्रसारमा जुटेका छन ।
 
संघको ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन यही पुस २९ र ३० गते हुँदैछ । उक्त निर्वाचनमा अध्यक्ष पदका लागि श्रेष्ठको प्यानल र अर्का अध्यक्ष उम्मेदवार सहनलाल प्रधानको प्यानल प्रतिस्पर्धा गर्दैछन।  

Loading...