विद्यालयको रजतमहोत्सवमा रक्तदान र निःशूल्क स्वास्थ्य शिविर

चितवन । ब्राईट स्टार आवासिय माध्यामिक बिद्यालय पटिहानी चितवनले आफ्नो रजत महोत्सवको अवसरमा सोमबार खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ । स्कुलले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । सोमबार गरिएको खुल्ला रक्तदान कार्यक्रममा १४जना महिला सहित ६४ जनाले रक्तदान गरेको स्कुलले जानकारी दिएको छ ।

नि शुःक दन्तपरिक्षणको लागि डाक्टर अनुप लुईटेल र उहाको समुह,निःशुल्क आखा परिक्षण शिवीरमा रमेश खरेलको समुह तथा फिजिशियन स्वास्थ्य शिविरमा डाक्टर भोजराज अधिकारीकोे समुहले स्वास्थ्य परिक्षण गरेको ब्राईट स्टार आवासिय माध्यामिक बिद्यालयका प्रध्यानाध्यापक ईश्वर बहादुर अधिकारीले जानकारी दिनुभयो । साथै उहाले खुल्ला रक्तदान र निःशुल्क स्वास्थ्य शिविरमा अभिभावक तथा बिद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । पश्चिम चितवनकै धरोहरको रुपमा ब्राईट स्टार आवासिय माध्यामिक बिद्यालय रहेको उहाले उल्लेख गर्नुभएको छ ।

निशुल्क स्वास्थ्य शिविरबाट मधुमेह परिक्षण २ सय ५ जना, जनरल फिजीशियन १ सय ९४ जना, आखा परिक्षण १ सय ८५ जना , दन्त परिक्षण सेवा १ सय ६८ जनाले स्वास्थ्य परिक्षणको लाभ लिएको बिद्यालयका प्रध्यानाध्यापक ईश्वर बहादुर अधिकारीले जानकारी दिनुभयो । सो कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद रामलाल महतोको प्रमुख आतिथ्यता रहेको थियो । भने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम्जी प्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । ब्राईट स्टार आवासिय माध्यामिक बिद्यालय पटिहानी चितवनले रजत महोत्सवको अवसरमा बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

Loading...