९५ उम्मेदवार मध्ये २२ ले मात्र बुझाए खर्च विवरण

चितवन । चितवनको प्रदेशसभा र प्रतिनिधिसभाका गरि जम्मा २२ जना उम्मेद्धवारहरुले निर्वाचन खर्च विवरण पेश गरेका छन् । चितवनमा प्रदेशसभा र प्रतिनिधिसभामा गरि जम्मा ९५ जना उम्मेद्धवारहरु रहेकोमा २२ जनाले मात्र खर्च विवरण पेश गरेको कार्यालयले जनाएको छ ।

पार्टीगत रुपमा भन्दा व्यत्तिगत रुपमा उम्मेद्धवारहरुले खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । अहिले सम्म प्रतिनिधि सभातर्फ जम्मा न्युनतम १० हजार देखि अधिकतम ९ लाख सम्मको खर्च विवरण पेश भएकोमा प्रदेशसभातर्फ न्युनतम ५ हजारदेखि १२ लाख सम्मको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । प्रदेशसभातर्फ १५ लाख र प्रतिनिधि सभातर्फ जम्मा २५ लाख सम्म खर्च गर्न पाउने व्यवस्था रहेको समेत उनले बताए ।

समानुपातिक तर्फका उम्मेद्धवारले २९ गते सम्ममा खर्च विवरण पेश गर्ने समयावधि रहेको छ । भने प्रत्यक्षतर्फ पुष मसान्त सम्म पुर्ण खर्च विवरण बुझाउने समयावधि रहेको थियो । खर्च विवरण पेश गर्ने पार्टीहरुमा प्रतिनिधि सभा तर्फ नेपाल मजदुर किसान पार्टी, विवेकशिल साझा पार्टी रहेको छ भने प्रदेशसभातर्फ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशिल साझा पार्टी र राष्ट्रिय जनमुत्ति पार्टी रहेका छन् ।

Loading...