साधारण तारेखमा छुटे केसी, प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र र दुर्इवटा नागरिकता झिकाउन अादेश

काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारिखमा रिहा गरेको छ । न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो ।

सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दियो । योसँगै केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो । अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने आज बुधबार बहस भएको छ ।

साथै अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएको छ । आदेशमा डा.शशी शर्माको मुद्धाबारे सर्वोच्चबाटै मिसिल झिकाएर अध्ययन गर्ने जनाइएको छ ।

Loading...