कुवेतमा ज्यान गुमाउने १५ नेपालीका अाफन्तलार्इ सवा पाँच करोड क्षतीपूर्ती

काठमाडौँ । सन् २०१७ मा कुवेतमा ज्यान गुमाएका १५ जना नेपाली कामदारका परिवारलाई कुवेतस्थित नेपाली दूतावासले सवा ५ करोड रुपैयाँ राहत नेपाल पठाएको छ ।

दूतावासले मृतक नेपालीका आफन्तलाई क्षतिपूर्ति बापतको रकम नेपाल पठाएको हो । कुवेतस्थित नेपाली दूतावासले ५ करोड २६ लाख ४३ हजार ९८३ रुपैयाँ ९१ पैसा नेपाल पठाएको जनाएको छ ।

कुवेतमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरूको बिमा रकम, बाँकी तलब, सेवापश्चात् पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाएको दूतावासले जनाएको छ ।

सन् २०१७ मा मृत्यु भएका १५ जना नेपाली कामदारले पाउने क्षतिपूर्ति बापतको रकम नेपाल पठाइएको हो । यी १५ जना नेपालीका आफन्तले २ सय कुवेती दिनारभन्दा बढी राहत पाउनेछन् । सबैभन्दा बढी पाल्पाका विष्णुबहादुर मस्र्याङ्दीका आफन्तले ३९ हजार ३५४ कुवेती दिनार राहत पाउनेछन् ।

उनीसँगै कुवेतमा मृत्यु भएका दाङका भुपाल ओली, खोटाङका भूमिप्रसाद राई, रूपन्देहीकी मनकुमारी थापा र बाग्लुङका झकबहादुर छन्त्यालका परिवारले समेत क्षतिपूर्ति पाउनेछन् ।

त्यस्तै, सिरहाका सकिल मन्सुरी एमडी, झापाका राजेन्द्र काफ्ले, झापाकै अर्जुनप्रदास भेटवाल, तेह्रथुमका जितबहादुर कटुवाल, महोत्तरीका नौसादा सेखको समेत कुवेतमा मृत्यु भएको थियो ।

त्यस्तै, धनुषाका महेन्द्र यादव, बाँकेका सञ्जीव थापा मगर, सुर्खेतका हिरा सुनार र झापाकी अनु तामाङ र सिन्धुपाल्चोककी दीपा तामाङका परिवारका नाममा पनिक्षतिपूर्ति दिइनेछ ।दूतावासले २ सय कुवेती दिनारभन्दा कम क्षतिपूर्ति पाउने १६ जना मृतक कामदारको नाममा प्राप्त क्षतिपूर्तिसमेत नेपाल पठाएको जनाएको छ ।

कुवेतस्थित नेपाली दूतावासले कामको सिलसिलामा मृत्यु भएका नेपालीका आफन्तले पाउनुपर्ने क्षतिपूर्ति, बिमा रकम तथा तलब बापतको रकम प्राप्तिका लागि कानुनी लडाइँ लड्दै आएको छ ।

Loading...