चिकित्सक गोविन्द केसीको अान्दोलन प्रति सदरखोरबाटै माअोवादी नेताको बालकृष्ण ढुंगेलको समर्थन

काठमाडौं । सदरखोर कारागार डिल्लीबजारमा रहेका माअोवादी नेता बालकृष्ण ढुंगलले चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधी विरूद्ध चलाएको अान्दोलन प्रति समर्थन जनाएका छन् । सर्वस्वसहित जन्मकैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका हुन् ।

ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा यस्तो जानकारी दिएकी हुन् । ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

२०५५ असार १० मा ओखलढुङ्गाका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कार्तिक १४ गते काठमाडौंको सातदोबाटोबाट पक्राउ परेका उनले उनले अदालतका विरुद्ध केसीले चलाएको आन्दोलनमा समर्थन जनाएका हुन् ।

छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् । दुई छोरी र एक श्रीमती रहेका ढुङ्गेल कपन बस्दै आएका छन् ।

यसअघि अदालत पीडित संघ खोलेर बालकष्ण ढुङ्गेलले आफूहरुमाथि अदालतले अन्याय गरेको भन्दै पक्राउ पर्नु अघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुलाई भेटेर जनयुद्धकालिन मुद्धालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गरिनु पर्ने जोड दिएका थिए ।

Loading...