अनुपम रोशीको मध्यान्तर सार्वजनिक

काठमाडौँ। साहित्यकार अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर’ कथासंग्रह सार्वजनिक भएको छ । मध्यान्तरको बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, उपप्रध्यापक डा. रजनी ढकाल र लेखक केशव सिग्देलले संयुक्त रुपमा विमोचन गरेका थिए।

कथाकार माया ठकुरीले पुस्तकमाथि टिप्पणी गर्दै अनुपम रोशीको कथा लेख्ने शैली र भाषा गज्जब रहेको बताइन्। त्यसैगरी समिक्षक युग पाठकले रोशीका कथाहरु परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको विचार व्यक्त गरे।

लेखक रोशीका यसअघि कुमारी आमा, नांगो मान्छे र कालो छायाँ गरी तीन उपन्यास प्रकाशित भइसकेका छन्। पुस्तक बिएन पुस्तक संसारले प्रकाशन गरेको यस कथासंग्रहमा १६ कथा संगृहीत छन्।

Loading...