गैंडाकोट महोत्सव शुरु

नवलपुर । “आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ आजदेखी माघ ८ गते सम्म दोस्रो गैंडाकोट महोत्सव शुरु भएको छ । महोत्सवमा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले गैंडाकोट तथा नवलपरासी औद्योगिक तथा पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेकोले यसको भविस्य उज्जवल रहेको बताउनुभयो ।

समय अभाव भन्दै कम मात्रै बोल्नुभएकी उहाँले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नवलपरासी दाउन्ने सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी सम्भु मरासिनीले नवलपुरलाई नमुनाका रुपमा चिनाउन उद्योग बाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले नवलपुर नयाँ संरचनाको रुपमा उदाईरहदाँ यहाँको स्रोत र साधन प्रयोग गरेर यसको उचाई वढाउन सकिने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन पुर्व बोल्दै गैंडाकोट नगरपालिकाका उपप्रमुख छत्रराज पौडेलले गैंडाकोटको गरिमाको रुपमा रहेको यस महोत्सवले गैंडाकोटको वास्तविक पहिचान दिलाउने बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै महोत्सवको गैंडाकोटको शान रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्व उपाध्यक्ष किशोर प्रधान, समाजसेवी तिलक सापकोटा, यमुनाथ आचार्य, सहकारीको तर्फबाट खेमराज सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्वागत गर्दै उद्योग बाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक दिपक सापकोटाले महोत्सवलाई सफल बनाउनका लागी सवैलाई रचनात्मक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उद्योग बाणिज्य संघ गैंडाकोटका अध्यक्ष अृमत भट्टचनको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन समारोहको समापन गर्दे उहाँले गैंडाकोट महोत्सवलाई निरन्तरता दिने बताउनुभयो ।

उद्घाटनअघि गैंडाकाट नगरपालिका परिषर बाट महोत्सव स्थल नारायणी नदि किनारसम्म शोभायात्रा निकालिएको थियो । महोत्सवमा पञ्चकन्या, पञ्चेबाजा, हात्ती, उँट लगायत, गैंडाकोट क्षेत्रका विभिन्न संघ संस्थाले आफ्नो भेषभुषा झाँकी र सांस्कृतीक पहिचान झल्कने गरि व्यानर सहित ¥यालीमा सहभागिता जनाएका थिए ।

नारायणी नदि किनार गैंडाकोटमा १० दिन सम्म चल्ने महोत्सवमा सहभागीका लागि आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले सवैमा अनुरोध गरेको छ । महोत्सवमा ३२० स्टल रहेका छन् । जसमध्ये ४० वटा प्रवर्धनात्मक स्टल रहेका छन् । कृषिका १७ स्टल, स्थानिय सिमान्तकृत वर्गका उत्पादनहरु, अपांगता भएका व्याक्तिहरुका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजाती मौलिकता मmल्कने घरहरु समेत रहेका छन । १० दिन सम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने १ दिन कबि गोष्ठि र १ दिन स्मार्ट सिटिका बारेमा सेमिनार समेत हुनेछ । आई टि र अटो स्टल पनि मेलाका थप आर्कषण रहेका छन् । त्यसैगरी बालुवामा उट राखी मरुभुमीमा हने उटको झल्को दिन उट समेत महोत्सव परिषर भित्र आइसकेको छ । त्यस्तै गरी यसपाली समाचार संकलनमा सहज होस भनेर पत्रकारकालागि लागी छुट्टै फ्रि वाइ फाइ सहितको स्टलको समेत व्यवस्था गरिएको छ । महोत्सवमा सुरक्षाको स्थिती पनि मजबुद बनाइएको छ र सुरक्षाको कुनै चुनौती नभएको ईलाका प्रहरी कार्यलय गैडाकोटका प्रमुख दिवश जि.सी ले बताउनुभयो । महोत्सवमा प्रवेश सुल्क ५० र विद्यार्थीको हकमा ३० कायम गरिएको छ । विद्यालयको तर्फबाट सामुहिक रुपमा स्कुल पोशाकमा आउनेलाई निशुल्क गरिएको छ । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर अन्तर्रा््िष्ट्रय उत्पादनका स्टल समेत रहने छन । महोत्सवको आधिकारीक एफएम विजय एफएम १०१.६ ले प्रत्यक्ष प्रसारण गरेको थियो ।

Loading...