सरकार गठनमा निर्वाचन अायोग वाधकः माअोवादी नेता शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठनमा निर्वाचन आयोग बाधक भएको आरोप लगाएका छन् ।

रिपोर्टस क्लवमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार गठनमा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका हुन् ।

नेता शर्माले भने,’निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो ।’

उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे ।

शर्माले समानुपातिकतर्फको मतपरिणाम आयोगले रोक्नुको कुनै कारण नभएको पनि स्पष्ट पारे । उनले भने,’आयोगले अहिले जे गरिरहेको छ, त्यो बेठीक गरेको छ, सरकार बनाउने काममा आयोगले हलो अड्काउने काम गर्‍यो ।’

Loading...