आफूमाथि व्यक्तिगत लाञ्छना लगाइएको आरोप

चितवन । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले आफु विरुद्ध व्यक्तिगत लाञ्छना लगाएको आरोप लगाएका छन् । निर्वाचनका बेला स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गर्दै उनले बर्तमान समितिका विरुद्ध गलत प्रचार गरिएको वताएका हुन् ।

उद्योग बाणिज्य संघ चितवनको अध्यक्ष पदका उम्मेदवार एवं वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र उनको समुहले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गौतमले अवैध रुपमा धन्दा चलाउन नदिएकाले आफु विरुद्ध व्यक्तिगत लाञ्छना एवं नभएका आरोप लगाइएको वताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष गौतमले पुर्व अध्यक्षहरुले गरेको असहयोग र आरोपको खण्डन गरेका थिए । विशेषगरि संघका पुर्व अध्यक्ष मित्रराज दवाडी र प्रचण्डलाल प्रधानको नाम नै लिएर निर्वाचनका बेला वर्तमान कार्यसमितिलाइ हुंदै नभएका आरोप लगाएको उनको भनाइ छ ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष पदका उम्मेदवार एवं वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले व्यवसायीहरुको आर्थिक अवस्था सबल बनाउन आफुलाइ जिताउन व्यवसायीहरुलाइ आग्रह गरेका छन् । उनले १७ बुंदे प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

कृषिजन्य बस्तुहरु फलफुल तथा तरकारीको थोक, खुद्रा तथा फुटपाथ व्यवसायलाइ व्यवस्थित तथा प्रभावकारी बनाउने उनको भनाइ छ । नारायणगढ बजार क्षेत्रमा फोहोर व्यवस्थापन तथा सुव्यवस्थित अटोल्याण्डको लागि पहल गर्ने उनले वताए ।

Loading...