मानव सेवा आश्रमका वृद्धवृद्धालाई खाना

चितवन । भरतपुरमा रहेका सामाजिक संस्था लायन्स तथा लियो क्लबहरुको संगठनले चितवन मानब सेवा आश्रम भरतपुरमा रहेका बृद्ध बृद्धालाई खाना खुवाएको छ । लायन्स तथा लियो क्लबहरुको पदस्थापनाबाट बचत रहेको रकम लाई सामाजिक कार्यमा प्रयोग गरिएको हो ।

सामाजिक कार्यमा संलग्न रहेको संस्थाले ईन्टरनेशनल ३ सय २५ बि टुका नेपालका संस्थापक अध्यक्ष मेल्भिन जोन्स को १ सय ३९ औ जन्मोत्सबको उपलक्ष्यमा सो कार्यक्रम गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभएको छ । साथै चितवन मानब सेवा आश्रमको लागि १४ हजार ५ सय ४० रुपैया पनि हस्तान्तरण गरेको छ ।

यसअघि पनि मेल्भिन जोन्स को १ सय ३९ औ जन्मोत्सबको उपलक्ष्यमा लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीले संयुक्त रुपमा भरतपुर अस्पतालमा रहेको बृद्धबृद्धा वार्डमा लागि आईतबार ब्लाङकेट हस्तान्तरण कार्यक्रम गरेको छ । लायन्स क्लबका अध्यक्ष ईश्वर कुमार राज भण्डारीको संयोजकत्वमा कार्यक्रम भएको हो ।

साथै ईन्टरनेशनल ३ सय २५ बि टुका नेपालका संस्थापक अध्यक्ष मेल्भिन जोन्स को १ सय ३९ औ जन्मोत्सबको उपलक्ष्यमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको समापन समारोह शनिबार हुनेछ भरतपुर लायन्सचोक देखी प्रभात फेरीसंगै आखा अस्पतालमा बृक्षारोपण कार्यक्रम गरि समापन गरिने लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभएको छ ।

Loading...