सुरेश पाण्डेयका तीन थान गजल

- सुरेश पाण्डेय

गजल १

निर्दोषीको कानुन भयो म जन्मेको देश भरी!!
राक्षस पस्यो सत्ताभित्र न्याय पाउँने कसो गरी!!

लोकतन्त्रको ज्ञान छैन उस्लाई बसेको छ माथि!
देशमा यस्तो हुनु हुन्न भन्दा पक्राउ गर्छ राती!!

कहिले सम्म चल्छ यस्तो अन्याय र अत्याचार!!
जनताले बोल्न नपाउँने त्यो कहाँ छर अधिकार!

जनताको मानु खाई भन कति गर्छौ चुरीफुरी!!
आउँला तिम्रो पनि एकदिन घरभित्र आँधीहुरी!!

हत्यारालाई कानुन छैन संबिधानमा के लेखियो!!
बलात्कारी खुल्लमखुल्ला जताततै त्यो देखियो!!

गजल २

न्यायको पवित्र स्थलमा भ्रष्टाचारी बसेको छ!!
सोझा साँझा जनतालाई डस्नुसम्म डसेको छ!!

भन्न त बा ले भन्नुहुन्थ्यो मलाई एकदिन भरी!!
बाबु नेपालको स्वाभिमान तल तल खसेको छ!!

बोल्न केही मिल्दैन जनताले जति गल्ती गरेपनि!
छोड्दैन गल्ती गर्न हेर्नुस कति घुडा धसेको छ!!

देशमा लोकतन्त्र आउँदा पनि कानुन छैन तिम्रो!!
भ्रष्टाचारीले कानुन भित्र चिप्ला कुरा घसेको छ!!

बलात्कार गरेर भाग्छ अपराधी खै हुदैन पक्राउ!!
झुटा ति किर्ते प्रमाणमा सोझो कति फसेको छ!!

गजल ३

केही चिज मागेँ माग्ने मलाई रहर थिएन!!
बाध्यताले नमागी चल्ने मेरो घर थिएन!!

जुन अनि तारा आकाशमा हेरेरै बसिन्थ्यो!
ब्यथा थियो जुन तारा हेर्ने कुनै कर थिएन!

बाँका सपना भत्केर भताभुङ्ग भयपछी!!
समाजले त्यहाँ बा-लाई गर्ने कदर थिएन!!

छोरो हुनमा कुलङ्कार सम्झे आफुलाई!!
रातौरात काम गरेर कमाउने शहर थिएन!!

बिस्तारै आमाको ओठमा मुस्कान हरायो!!
जिन्दगी दाउँमा राखियो मर्नुको डर थिएन!

जब साउने बर्षा लगातार पर्दियो धुरीमा!!
भरियो पानीले कोठा छाउने खर थिएन!!

समयले दिनु सम्म धोका दिएपछि हेर्नोस!!
यहाँ सम्म बाँच्न पाईएला भन्ने भर थिएन!!

सुर्खेत विरेन्द्रनगर

Loading...