गैँडाकोट महोत्सवमा दर्शकको घुइँचो

नवलपुर । “आफ्नै गौरव “आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ गैडाकोटको आयोजनामा विहिबार बाट शुरु भएको दोस्रो गैडाकोट महोत्सव २०७४ को तस्रो दिन शनीबार दर्शकहरुको चाप अत्याधिक रहेको थियो शनीबार अधिकांशको विदाको को दिन भएकोले ले दर्शकहरुको चाप निकै बढेको हो ।

महोत्सवको सह आयोजकमा गैडाकोट नगरपालिका,जिल्ला समन्वय समिति नवलपुर,देवचुली उद्योग बाणिज्य संघ,नवलपुर उद्योग बाणिज्य संघ र प्रवद्धक नेपाल पर्यटन बोर्ड रहेका छन । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्िष्ट्रय उत्पादनका स्टल समेत रहेका छन ।

महोत्सवमा ३२० स्टल रहेका छन जसमध्य ४० वटा प्रवर्धनात्मक छन भने ,कृषिका १७ स्टल,स्थानिय सिमान्तकृत वर्गका उत्पादनहरु,अपांगता भएका व्याक्तिहरुका उत्पादन,एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजाती मौलिकता मmल्कने घरहरु समेत रहेका छन । शनीबार पनि बाल उद्यान,व्यापारीक स्टलहरुहरु खचाखच थिए ।

आइटि र कृषिका स्टल समेत भरीभराउ देखिन्थे । मरुभुमीमा पाइने उट पनि महोत्सवको आर्कषणको केन्द्र बनेको थियो । त्यसै गरि शनीबार पनि स्थानिय कलाको उजागर गर्न मिड नेपाल गायन प्रतियोगिा को दोश्रो चरण सम्पन्न भएको छ । कुल १२ जना प्रतियोगि मध्य ७ जना सागर थापा,सन्दिप मिश्र,अभिनय नेपाल,राम कुमार परियार,सुमन सिंखडा,दिप्सन सेन्चुरी र अनिश तामाङ्ग तेस्रो चरणमा प्रवेश गर्न सफल भएको प्रतियोगिताका निर्णायक मण्डलका सदस्य लक्ष्मी प्रसाद सोतीले जानकारी दिनुभएको छ ।

प्रतियोगिताका लागी नवलपरासी,चितवन,धादीङ्ग र तनहँु बाट सहभागीता रहेको अडिसन हरेक दिन चल्ने र फाइनल माघ ७ गते हुने प्रतियोगिताका निर्णायक मण्डलका संयोजक संगितकार विशाल ढकालले जानकारी दिनुभयो गायन प्रतियोगिता सकिए लगतै स्टेज तताउने काम राष्ट्रिय कलाकारहरुले गरेका थिए । लोक दोहोरी गायक दिपक खड्का,ढकाराम पौडेल, राजेन्द्र कँडेल,पवित्रा सापकोटा का गितमा दर्शक दिल खोलेर नाचे विचमा उदाएका गायकहरु हरि योञ्जन,रमेश राज भट्टराई,विशाल ढकाल लगायतले पनि माहोल लाई एकिकृत बनाउन सफल भए कार्यक्रमको उत्तरार्धमा युवामा लोकप्रिय चर्चित गायक अविनास घिसिङ्गले लोक प्रिय गितहरु धानको बाला, गाउदा हजारौ दर्शक उफ्री उफ्री नाचेर साथ दिएका थिए ।

महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती रहने छ । आईतबार कमल खत्री,शिव हमाल,सम्मmना भण्डारी, लगायतका कलाकारको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रमका संयोजक ज्ञान प्रसाद खनालले जनाउनुभएको छ । महोत्सवको को तेस्रो दिनमा अवलोकनकर्ताको भिडले आफुहरुलाई उत्साहीत बनाएको आयोजक उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभएको छ । पौष २७ बाट शुरु भएको महोत्सव माघ ८ सम्म चल्ने छ ।

Loading...