वार्षिकोत्सवमा वृक्षारोपण

चितवन । मेलभिन जोनको १ सय ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम आजबाट सम्पन्न भएको छ । सप्ताहव्यापी रुपमा मनाउदै आएको वार्षिकोत्सवको आज भरतपुर आखा अस्पतालमा वृक्षारोपण गरि समापन गरिएको हो । लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीको आयोजनामा कार्यक्रम भएको हो ।

वृक्षारोपण अघि लायन्सचोकदेखि भरतपुर आखा अस्पताल सम्म प्रभातफेरीको आयोजना गरिएको थियो । भरतपुर आखा अस्पतालमा लायन्स गार्डेन बनाउने उदेश्यका साथ ६५ वटा अशोकको विरुवा रोपिएको लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष रजनी मास्केले जानकारी दिइन् ।

प्राकृतिक रुपले राम्रो हुने र सुन्दरता पनि प्रदान गर्ने भएकोले अस्पताल परिसरमा वृक्षारोपण गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीकी अध्यक्ष बालकुमारी चुकेले जानकारी दिइन् । लायन्स ३२५ विटुका पुर्व अधयक्ष घनश्याम भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व गभर्नर प्रभात कुमार जोशी,नेत्र ज्योती संघ चितवनका कार्यबाहक अध्यक्ष कृष्णराज बरेल,नेत्र ज्योती संघ चितवनका सल्लाहकार बामदेव खनाल लगायतको उपस्थिती रहेको थियो ।

Loading...