चितवनलाई आर्थिक राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता

चितवन । प्रदेशको राजधानी बनाउन नसकेपनि आर्थीक राजधानीको रुपमा चितवन बिकसीत हुने चितवन क्षेत्र नम्बर २का प्रतिनिधि सभाका सांसद कृष्ण भक्त पोखरेलले दाबी गर्नुभएको छ ।

प्रदेशको राजधानी बनाउन भौगोलिक रुपमा छेउमा रहेता पनि आर्थीक राजधानीको रुपमा बिकसित हुने उद्योग बाणिज्य संघ चितवनको ५१ औ साधारण सभा तथा अधिबेशन समुदघाटन समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । निजि क्षेत्रलाई काम गर्ने बातावरण सिर्जना हुन दिनुपर्ने उहाले उल्लेख गर्नुभएको छ ।

उद्योग फस्टाओस भन्ने तर बिभिन्न राजनितिक पार्टी गएर चन्द्रा माग्ने, मजदुर उचालेर उद्योग बन्द गर्ने यस्तो परिपाटीले उद्योगको बिकास हुन नसक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पोखरेलले उद्योग र व्यवसायको बिकासका लागि लागि पर्ने उल्लेख गर्नुभएको छ ।

उद्योग बाणिज्य संघ चितवनको अधिबेशन आईतबार हुदैछ समुदघाटन समारोहमा बोल्दै चितवन प्रदेश २ क सांसद घनश्याम दाहाल अबिनाशले नेतृत्व चयन सर्बसम्मत गर्नु राम्रो भएको बताउदै यसमा उद्योग बाणिज्य संघ चितवन चुकेको उल्लेख गर्नुभयो । साथै उहाले स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्ने समेत बताउनुभएको छ ।

देशको आर्थीक समृद्धिको लागि निजि , सहकारी र सरकारी तिनखम्बे अर्थनितिमा निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेकोले सबै देश बिकास र समृद्धिको बाटोमा अगाडी बढनुपर्ने बताउनुभयो ।

नेपाली काग्रस चितवनका सभापति जितनारायण श्रेष्ठले उद्योग बाणिज्य संघ चितवनलाई सबैले गर्व गर्ने संस्थाको रुपमा लिएर जानुपर्ने बताउनुभयो । साथै उहाले हार्दीकता र एकताले मात्रै उद्योग बाणिज्य संघको प्रगती हुने बताउदै हार्दीकता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले समुदघाटन समारोहमा बोल्दै देशमै उद्योग र उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र बैदेशीक उत्पादनको उपभोगलाई न्युनिकरण गर्नुपर्ने बताउनुभयो । निर्बाचन प्रजातात्रिक बिधिको उत्तम प्रकृया रहेको उल्लेख गर्नुभयो उहाले जसबाट प्रतिनिधि चयन गरिने भएता पनि प्रकृया सकिएपनि मनमुनाटबका स्थिीति नबिग्रीयोस भन्ने चाहाना रहेको बताउनुभएको छ ।

साथै हाफुले २ बर्षे कार्यकालमा धेरै राम्रा कामहरु गर्न सकेको बताउनुभएको छ । महोत्सवलाई राजस्वको दायरामा ल्याएको जसबाट १९ लाख बराबरको राजस्व संकलन भएको लगायत बिभिन्न कार्यहरु गरेकोले २ बर्षे कार्यकाल सफल रहेको बताउनुभयो ।

शनिबार नै साथै बिभिन्न संघसंस्थालाई आर्थीक सहयोग गरिएको रकम प्रदान गरिएको छ । पत्रकार महासंघ चितवन, नेवा पुच, नारायणी कला मन्दिरलाई आर्थीक सहयोग रकम प्रदान गरिएको थियो । त्यस्तै आर्थीक पत्रकारितामा बिगत २४ बर्षदेखी निरन्तर सक्रिय बिबिसि तथा नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार ईश्वर जोशीलाई ५१ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

शनिबार भएको उद्योग बाणिज्य संघ चितवनको ५१ औ साधारण सभा तथा अधिबेशन समुदघाटन समारोहमा निर्बतमान र संस्थापक अध्यक्ष बाहेक अन्य पुबृ अध्यक्षहरुको सहभागिता रहेको थिएन । आईतबार हुने अधिबेशनमा अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र सोहन प्रधानको प्यानल नै चुनाबी मैदानमा रहेको छ ।

Loading...