माघे सक्रान्तिका लागि चार दिन नारायणगढ- मुग्लिङ सडक खण्ड बन्द नहुने

चितवन । देवघाटमा हुने माघे सक्रान्ति मेलालार्इ लक्षित गरी नारायणगढ- मुग्लिङ सडक खण्ड चार दिन बन्द नहुने भएको छ । सडक खण्डको निर्माण कार्यलाई तिब्रता दिन पौष १८ गते देखि राती १० बजे देखि विहान ४ बजे सम्म सवारी आवागमन बन्द गरिँदै आइएको थियो ।

आशन्न मकर सक्रान्ती मनाउन नारायणगढ-मुग्लिङ सडक खण्डको प्रयोग गरि देवघाट आउने तथा देशका विभिन्न भागमा जाने आउने यात्री महानुभावहरुको सुविधाकोलागि पुस २९ गते शनिबार देखि माघ २ गते सम्म रातको समयमा आवागमन बन्द नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साथै प्रहरीले सडक खण्डमा यात्रा गर्दा ओभरटेक नगरि धैर्यताकासाथ एक लाईनमा यात्रा गर्न गराउन हुन समेत अनुरोध गरेको छ ।

Loading...