माघे सक्रान्ती मेलाको ट्राफिक व्यवस्थापन (यस्तो छ सवारी रूट)

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले माघे सक्रान्ति मेलाका लागि ट्राफिक व्यवस्थापन गरेको छ । कार्यालयले विभिन्न स्थानहरुवाट देवघाट तर्फ जाने सवारीलाई सवारीको चाप हेरेर पौष ३० गते दिउसो देखि भोलि पल्ट माघ ०१ गते दिउसो सवारीको चाप रहे सम्मको अवधिमा एकतर्फि आवागमनको व्यवस्था मिलाएको छ ।
यस्तो छ सवारी सञ्चालन रूटः
 नारायणगढ(भरतपुर तर्फवाट देवघाट जाने सवारीलाई ईलाका प्रहरी कार्यालय रामनगर जंगल मुखवाट भित्र प्रवेश गराउने र आँपटारीबाट बाहिर निकाल्ने ।
 मुग्लिङ तर्फवाट देवघाटको चितवन खण्डमा जाने सवारीलाई रामनगरको ठीमुरा चोकबाट भित्र प्रवेश गराउने र आँपटारीबाट बाहिर निकाल्ने ।
 मुग्लिङ तर्फवाट देवघाटको तनहुँ खण्डमा जाने सवारीलाई दासढुङ्गा पुलबाट भित्र प्रवेश गराउने र सोहि बाटो फिर्ता हुने ।
९१० रामनगर र ठीमुरा दुवै तर्फवाट देवघाटमा प्रवेश गरेका सवारी साधनहरुलाई निम्नानुसार पार्किङको व्यवस्थापन गर्ने ।
 सवै मोटर साईकलहरुलाई सीताराम संस्कृत माद्यमिक विद्यालयको परिसरमा पार्किङ गराउने
 रामनगर तर्फवाट आउने सवारीहरुलाई सीताराम संस्कृत माद्यमिक विद्यालय पछाडिको खुल्ला चौरमा पार्किङ गराउने
 ठीमुरा तर्फवाट आउने सवारीहरुलाई गुम्वा अगाडीको डावरको खुल्ला चौरमा पार्किङ गराउने

ट्राफिक प्रहरी कार्यालयले रामनगरवाट देवघाट जाने सडक, ठीमुरावाट देवघाट जाने सडक र देवघाटवाट आपटारी आउने सडकको कुनै पनि स्थानमा सवारी पार्किङ गर्न समेत निषेध गरेको छ । त्यस्तै मकर सक्रान्ती मेलामा नारायणगढ, भरतपुर तर्फवाट जाने यात्रुहरुले सार्वजनिक सवारीको प्रयोग गर्दा लाग्ने भाडा समेत निर्धारण गरेको छ ।

यस्तो छ भाडादर:
विवरण नारायणगढ बसपार्कवाट भरतपुर बसपार्कवाट
सामान्य अवस्थामा ९प्रतिव्यक्ति० रु १५।( रु २०।(
एकतर्फी कायम भए पछी ९प्रतिव्यक्ति० रु २५ ।( रु ३० ।(
देवघाटवाट फर्किदा सामान्य अवस्थाको भाडा दर कायम हुने ।
आँपटारी देखि देवघाट सम्मको सडक एकतर्फी ९ फिर्ता हुने मात्र० भए पछी सुरक्षाको दृष्टीकोणले कुनै पनि अटो रिक्सा र ई रिक्साहरुलाई रामनगर हुदै देवघाट तर्फ प्रवेश गर्न निषेध गर्ने र आँपटारीवाटै फिर्ता गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

Loading...