जिप दुर्घटनामा गाँउपालिका अध्यक्षसहित पाँचको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर बेदप्रसाद गौतमले जानकारी दिए ।

मृतक ५ मध्ये मृत्यु दुई जनाको सनाखत भएकाे छ । मकालु गाउँपालिक प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हाे । अन्यको पहिचान हुन सकेको छैन् ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

उनीहरू जिल्ला समन्वय समितिकाे अायाेजनामा भएकाे एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएकाे जनाइएकाे छ ।

Loading...