मोवाईल बैंकिङ बढ्दो

नवलपुर । प्छिल्लो केहि वर्ष यता मोबाइल बैंकिङ उपयोग गर्ने ग्राहक संख्या नवलपुरमा मात्र करिब सवा ७० हजार बढेको छ । कारोबारका लागि बैंकसम्म पुग्नुनपर्ने, आफूलाई पायक पर्ने स्थान तथा समयमा बैंकिङ कारोबार गर्न सकिने, अनावश्यक झन्झट नहुनेलगायत कारण मोबाइल बैंकिङमा ग्राहकको आकर्षण बढेको हो ।

सरल र सहज भएको कारण नै मोबाइल बैंकिङ सेवा उपयोग गर्दै आएका छन । न्वलपरासी सहित देशै भरको तथ्याङ हेर्ने हो भने ०७३ असोजको तुलनामा यो संख्या करिब ७० प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म मोबाइल बैंकिङ उपयोग गर्ने ग्राहकको संख्या १७ लाख ५४ हजार ५ सय ६६ थियो । एउटा व्यक्तिले एकभन्दा बढी बैंकमा बचत खाता खोलेजस्तै मोबाइल बैंकिङमा पनि ग्राहकहरूको डुब्लिकेसन रहेको छ ।

यसकारण पनि यस्ता ग्राहक संख्या छोटो अवधिमा धेरैले बढेको देखिएको हो । पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङमा ग्राहकको आकर्षण उल्लेख्य रूपले बढेको बैंकरहरू बताउँछन ।एन्ड्रोइड मोबाइलको प्रयोग बढेसँगै मोबाइल बैंकिङका ग्राहक पनि बढेको उनीहरूको तर्क छ । पछिल्ला ५÷६ महिनायता बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय भुक्तानी (मोबाइल तथा कार्डमार्फत भुक्तानी आदि) लाई प्रोत्साहित गर्दै आएकाले पनि मोबाइल बैंकिङमा आकर्षण देखिएको हो ।

हाल केही बैंक तथा वित्तीय संस्थाले मोबाइल तथा कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई नगद छुटको अफर पनि ल्याएका छन् । राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने नीति ल्याएकाले बैंकहरूमा उत्साह थपिएको बैंकरहरू बताउँछन् । मोबाइल बैंकिङमार्फत सपिङ मलमा सामान किन्न, टिकट बुकिङ गर्न, होटल रेस्टुरेन्ट खर्च तिर्नलगायत विभिन्न किसिमका शुल्क भुक्तानी गर्न पनि सकिन्छ ।

अहिले आफ्नो खाताको ब्यालेन्स चेक गर्न, कारोबारबारे जानकारी लिन, मोबाइल रिजार्च गर्न, एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गर्नलगायत धेरै प्रकारका भुक्तानीका लागि बैंकसम्म पुगिरहनुपर्ने बाध्यता छैन ।

Loading...