उद्योग संघ चितवनका ६ जना उपाध्यक्षले पाए नयाँ जिम्मेवारी, कसको भागमा कुन विभाग ?

चितवन । चितवन उद्योग संघले ६ जना उपाध्यक्षहरुको कार्यविभाजन गरेको छ । गर्भनिङ काउन्सीलको सहयोगमा संघका अध्यक्ष भेषराज दुवाडीले ६ जना उपाध्यहरुलाई जिम्मेवारी प्रदान गर्नुभएको हो ।

संघले उपाध्यक्ष त्रिलोचन कँडेललाई सचिवालय, सरकारी एवंम गैरसरकारी समन्वय विभाग, उपाध्यक्ष राजु पौडेललाई आर्थिक तथा योजना विभाग, उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेलाई प्रदर्शनी केन्द्र तथा औद्योगिक शिक्षालय निर्माण विभाग, उपाध्यक्ष लक्ष्मण अर्याललाई प्रदर्शनी केन्द्र सञ्चालन एंव अन्तराष्ट्रिय सम्वन्ध विभाग, उपाध्यक्ष मदन घिमिरेलाई संगठन विस्तार÷औद्योगिक निति निर्माण ÷ औद्योगिक क्षेत्र ÷ सामाजिक उत्तरदायित्व विभाग र उपाध्यक्ष प्रतिभा श्रेष्ठलाई युवा, महिला उद्यमी मञ्च÷ स्थानीय उपसमिति एंव वस्तुगत समिति समन्वय तथा परिचालन विभागको जिम्मेवारी प्रदान गरेको छ ।

उपाध्यक्ष त्रिलोचन कँडेल संयोजक रहेको सचिवालय, सरकारी एवंम गैरसरकारी समन्वय विभागको सदस्यहरुमा गजेन्द्र अधिकारी, अर्जुन प्रसाद सापकोटा, जीत बहादुर हमाल रहेका छन् । उपाध्यक्ष राजु पौडेल संयोजक रहेको आर्थिक तथा योजना विभागको सदस्यमा सुभाष प्रधान, नारायण प्रसाद सापकोटा, गोपाल प्रसाद गैरे रहनु भएको छ ।

उपाध्यक्ष सूर्यप्रसाद न्यौपाने संयोजक रहेको प्रदर्शनी केन्द्र तथा औद्योगिक शिक्षालय निर्माण विभागको सदस्यहरुमा मदन चिरञ्जीवी पोखरेल र ताराबहादुर कार्की रहनु भएको छ ।
उपाध्यक्ष लक्ष्मण अर्याल संयोजक रहेको प्रदर्शनी केन्द्र सञ्चालन एंव अन्तराष्ट्रिय सम्वन्ध विभागको सदस्यहरुमा युग राज वस्ती र डा.प्रमोद लामिछाने रहनु भएको छ । उपाध्यक्ष मदन घिमिरे संयोजक रहेको संगठन विस्तार÷औद्योगिक निति निर्माण ÷ औद्योगिक क्षेत्र ÷ सामाजिक उत्तरदायित्व विभागको सदस्यहरुमा दुर्गा प्रसाद भण्डारी, राशी लामा, प्रकाश भट्टराइ रहनुभएको छ ।

उपाध्यक्ष प्रतिभा श्रेष्ठ संयोज रहेको युवा, महिला उद्यमी मञ्च÷ स्थानीय उपसमिति एंव वस्तुगत समिति समन्वय तथा परिचालन विभागहरुमा विष्णु प्रसाद पौडेल र विक्रम सापकोटा रहनु भएको छ ।

संघको गत पुस २१ गते भएको साधारण सभा तथा अधिवेशनले भेषराज दुवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो । यस पटक विधान संशोधन गरि ६ जना उपाध्यक्ष पद बनाईएको थियो । यसअघि हुने गरेको महासचिव र कोषाध्यक्षको जिम्मेवारी आफ्नो विभागमा परेका उपाध्यक्षले पुरा गर्नेछ ।

Loading...