चुहावट नियन्त्रणमा विद्युत प्राधिकरण कावासोती शाखा

नवलपुर । वर्दघाट सुस्ता पुर्व नवलपुर क्षेत्रमा नेपाल विधुत प्राधिकरण शाखा कावासोतीले विभिन्न अभियान संञ्चालन गरे संगै विधुत चुहावटमा कमि आएको छ । नेपाल विधुत प्राधिककरण शाखा कावासोतीका अनुसार श्रावण महिना देखि विधुत चुहावटमा कमि आएको जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार श्रावण महिनामा २०.१७ प्रतिशत , भदौ महिनामा २१.१८ प्रतिशत , अषाढ महिनामा १६ प्रतिशत र पौष महिनाको ७ गते सम्म १३.५ प्रतिशतले विधुत चुहावट नियन्त्रणमा आएको विधुत प्राधिकरणले जनाएको छ । विधुत चुहावट नियन्त्रणका लागि नेपाल विधुत प्राधिकरण शाखा कावासोतीले विविध क्रियाकलापहरु गरि रहेको र सोहि अनुसार चुहावट न्यनिकरण भएको नेपाल विधुत प्राधिकरण शाखा कावासोतीका प्रमुख राजिवकुमार शर्माले बताउनुभयो ।

शर्माका अनुसार विधुत चुहावट नियन्त्रणका लागि विभिन्न अभियानहरु संञ्चालन गरेको र अभियान संगै ग्राहक तथा आम जनताले विधुत चुहावट नियन्त्रणमा गम्भीर भएर लागेमा मात्र विधुत चुहावट नियन्त्रण हुने बताउनुभयो । उहाले पहिले मिटर अभाव भएको कारण विधुत चुहावट हुने गर्द थियो भने हाल मिटर पनि सहज तरिकाले उपलब्ध गराएको हुदा विधुत चुहावट कसैले गर्न नहुने बताउनुभयो ।

हाल सम्म विधुत प्राधिकरणले प्रचार प्रसार २४ पटक , टोलि परिचालन १८ पटक , हुकिङ थुतेको ६८ पटक , व्यक्ति समातेको ७ पटक , उपकरण समातेको ४७ पटक र हुकिङ नियन्त्रणबाट ३ लाख ३७ हजार ७ सय २३ रुपैया जरीवाना असुलि गरेको जनाएको छ ।

Loading...