खेलकुदले अर्थतन्त्रलार्इ चलायमान बनाउँछ

चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम कार्यक्रका प्रमुख अतिथी सहनलाल प्रधानले व्यवसायीहरुको हकहितका लागि आफुले गरेको प्रतिबद्धतालाई पुरा गर्न लागिपर्ने बताउनुभएको छ ।

लायन्स र लियो क्लब अफ नारायणगढ बालकुमारी , विकास शिल्ड समितीले मंगलबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । खेलकुदले जिल्लाको आर्थिक क्षेत्र चलायमान हुने भएकोले विकास सिल्डका कारण चितवनको आर्थिक विकासमा टेवा पुग्ने प्रधानले बताउनुभएको छ ।

विकास सिल्डलाई सफल बनाउनको लागि उद्योग वाणिज्य संघ चितवन सधैँ तयार रहेको प्रधानको भनाइ थियो । उद्योग वाणिज्य संघ विकास सिल्डको प्रवद्र्धक भएर काम गर्ने उल्लेख गर्दै प्रधानले रनिङ सिल्ड सफल पार्नको लागि आर्थिक पाटो जुटाउन समेत आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मंगलबार नारायणगढमा कार्यक्रम गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसहित कार्यसमितिका सबैलाई बधाई, स्वागत तथा सम्मान गरेको हो । उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनका नवनिर्माचित पदाधिकारीलाई लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बाल गोपाल चुकेले खादा ओढाएर सम्मान गर्नुभएको हो ।

विकास सिल्डका अध्यक्ष श्यामकुमार पियाले विकास सिल्डले वर्षे्नि पुरस्कार राशि बढाउँदै लगेको जानकारी दिँदै पहिलो पुरस्कार स्वरुप पाँच लाख रुपैयाँ नगद र दोस्रो पुरस्कार दुई लाख ५० हजार रुपैयाँको साथमा ट्रफी तथा मेडल रहेको बताउनुभएको छ । आगामी फागुन ८ देखि २० गतेसम्म हुने प्रतियोगितमा राष्ट्रिय स्तरका क्लबहरु सहभागी हुने लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष एवम् विकास सिल्डका कोषाध्यक्ष बालगोपाल चुकेले बताउनुभयो । रनिङ सिल्डलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरिएको चुकेको भनाइ थियो ।

Loading...