तेस्रो क्यान इन्फोटेक माघ २५ गते देखि

चितवन । कम्युटर एशोसियन नेपाल महासंघ(क्यान), चितवनको आयोजनामा यही माघ २५ देखि भरतपुरमा तेस्रो डिजीकम क्यान इन्फोटेक २०७४” सूचना प्रविधि मेला हुने भएको छ ।

क्यान, चितवन शाखाले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनगरीे मेलाको बारेमा जानकारी दिएको हो । कार्यक्रममा बोल्दै मेलाका मूल समिति संयोजक एवं संघका शाखा अध्यक्ष भानु शर्माले चितवनलाई आइटी क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको बताए ।

भरतपुरको अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रमा मेला आयोजना गर्न लागिएको बताउंँदेै शर्माले मेलाको उद्धघाटन रोबोट बाट गर्ने तयारी भएको बताए । सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न , नयांँ पुस्तालाई सक्षम,स्वालम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागिएको क्यानले जनाएको छ ।

‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूल नाराका साथ अक्सफोर्ड कलेजको सहकार्यमा आयोजना हुन लागेको मेलामा देशभरका सूचना प्रविधिका कम्युटर, मोवाइल,ल्यापटप, स्मार्ट टीभी , सफ्टवेयर लगायतका ८० वटा स्टलहरु रहने छन। यस्तै सूचना प्रविधि सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोवोटिक प्रर्दशनी र गेमिङका स्टलहरु रहने क्यानले जनाएको छ ।

५ दिनसम्म चल्ने उक्त मेलामा अन्तर बिद्यालय एवं कलेजस्तरीय क्वीज कम्पिटिसनको आयोजना समेत गरिएको छ । मेलामा आउने अवलोकन कर्ताको लागि रु ५० र बिद्यार्थीको लागि रु २५ को टिकटको व्यवस्था गरिएको छ । मेलामा ७१ लाख खर्च हुने अनुमान गरिएको छ भने २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यसअघि क्यान महासंघले ”विल्डीङ इ–नेपाल टुगेदर वी क्यान“ भन्ने मूल नाराका साथ ए.एस.ओ.सि.आइ.ओ र डब्ल.ुआई.टी.एस.ए जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा आवद्ध रही समन्वय गर्दै आएको छ ।

Loading...