अमेरिकाबाट फर्काइए नेपाली विद्यार्थी

काठमाडौं । अमेरीकाले एक नेपाली बिद्यार्थीलाई त्यहाँबाट डिपोर्ट गरेको छ । जनवरी महिनाको पहिलो साता सान्फ्रानसिस्को अन्तर्राष्ट्रिय एयरपोर्ट सुरक्षा जाँचले नेपाल डिपोर्ट गरिदिएको हो ।

तीन वर्ष अमेरिका बसेका उनी नेपाल आएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो । उनी ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीमा पढ्दै आएका थिए । अध्यागमनले आफूलाई फर्काईदिएको ती विद्यार्थीले लिंकन युनिभर्सिटीलाई समेत गराईसकेका छन् ।

लिंकनमा अध्ययन गर्न आउने विद्यार्थी सानफ्रान्सिस्को एयरपोर्ट अध्यागमनले फर्काएको पहिलो घटना भने होइन । एक वर्ष बिचमा अरू दुई जनालाई पनि फर्काइसकेको छ ।

विमानस्थलमा रहने बोर्डर सुरक्षा निकाय सीबिपीले आवश्यक जाँचबुझ गर्दा शङ्का लागेमा फर्काउने गर्छ । सीवीपीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ ।

Loading...