समाजवाद उन्मुख शिक्षामा प्रचण्डको जोड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको शिक्षा गुणस्तरीय र समाजबाद उन्मुख शिक्षा हुनुपर्ने वताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको आठौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले सार्वजनिक शिक्षालाई प्रथामिकतामा राखेर समाजवाद पद्धतिको शिक्षा नयाँ सरकारले लागु गर्ने वताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेको प्रचण्डको भनाई छ । आफुले शिक्षको समस्या र आवश्यकता बुझेको भएपनि राजनितिक कारणले सवै माग सम्वोधन गर्न नसकेको वताउनुभयो । उहाँले अल्पमतको सरकारका कारण सवै क्षेत्रमा सोचे अनुरुपको काम हुन नसकेको दावी गर्नुभयो । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कम्युनिष्टहरुको बहुमत आएको र अब बन्ने सरकार कम्युनिष्टकै हुनेमा ढुक्क हुन प्रचण्डले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसदहरू घनश्याम दाहाल अविनास, विजय सुवेदी, रामलाल महतो, नेपाल शिक्षक महासंघका उपमहासचिव पूर्णप्रसाद दवाडी, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेलगायतले बोल्नुभएको थियो । जिल्ला सम्मेलनले ३९ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छ । कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Loading...