देशभरका श्रष्ठाले सुनाए चितवनमा मुक्तक

चितवन । चितवन शनिबार साहित्यिक कार्यक्रमले ब्यस्त रहयो । निरन्तर साहित्यिक कार्यक्रम भैरहने चितवनमा शनिबार देशैभरका स्रष्टाहरु उपस्थित भएर मुक्तक सुनाए । सयौंको संख्यामा स्रोताहरु टिकट लिएर मुक्तक सुन्न आएका थिए ।

हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानले नियमित रूपमा गर्दै आएको टिकटमा मुक्तक शृङ्खला अन्तर्गत दोस्रो चरणको यस कार्यक्रममा आरआर चौलागाई मकवानपुर, लीलाधर पाण्डे रुपन्देही, सरु लामिछाने कास्कि, असफल गौतम, मिर्मिसा पराजुली, शान्ती शर्मा काठमाडौँ, सुशीला पौडेल सर्लाही, प्रकाश बस्नेत गफाडी काठमाडौँ,हरीशरण अर्याल धादिङ, रमिता खतिवडा धादिङ,गौरी तमु कास्की, तारा शर्मा चितवन,रमेश लामिछाने पर्वत,अन्जु पण्डित चितवन, रावल कृष्ण डोटी, नरेन्द्रराज पौडेल बझाङ, अम्बिका कार्की अमू सर्लाही,सरोज उजाड नवलपरासी,बिष्णु थापा बिछोड काठमाडौँ, भवानी तिमल्सिना न्यौपाने मकवानपुर, बसन्तमोहन अधिकारी चितवन,दुर्गा तिवारी काठमाडौँ, रूविन पौडेल चितवन,भानुभक्त सापकोटा नवलपरासी र सुमन अधिकारी लमजुङ गरि २५ जनाले मुक्तक वाचन गरे ।

चितवन साहित्य परिषद्को सभाहलमा गरिएको कार्यक्रममा प्रत्येक स्रस्टाले ६र६ मुक्तक सुनाए । साहित्यको सूक्ष्म र चोटीलो बिधा मुक्तकको विकास र संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले जानकारी दिए ।

Loading...