किसानलाई उपेक्षा गर्दै राज्य

चितवन । राज्यले ब्यवसायीक किसानलाई हित नगर्दा सम्म नेपालमा कृषि क्षेत्रको बिकास सम्भव नभएको ब्यवसायीक किसानहरुले बताएका छन् । पश्चिम चितवनको चनौलि बजारमा आयोजित ब्यवसायीक पशुपालक दुग्द्ध उत्पादक कृषक समाजको भरतपुर महानगर स्तरीय भेलामा बोल्दै किसानहरुले केन्द्रको अधिकार गाउ गाउ सम्म आएपनि स्थानिय तह हरुलेनै किसानलाई बिभेद गरेको आरोप लगाए ।

भरतपुर महानगरले किसानका लागी ज्यादै न्युन बजेट बिनियोन गरी किसानलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको उनिहरुको आरोप थियो । कायक्रममा बोल्दै ब्यवसायीक पशुपालक दुग्द्ध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले किसानलाई ठगी खान पल्किएको नेत्रित्वका कारण नेपालि किसान सधै मारमा परेको बताउनु भयो ।

देश संघियतामा गएर नया अभ्यास गरिरहदा पनि किसानलाइृ हेर्ने राज्यको दृश्टिकोड भने पन्चायती शासकको भन्दा पनि तल्लो स्तरको भएको भन्दै उहाले अव नेपालि किसान संगठित भइ हक र अधिकारका लागी आवाज उठाउन आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी चितवन तिन नम्वर प्रदेशका शभाषद कृष्ण भुर्तेलले किसान बिना कृषि प्रदान मुलुक बिकासमा सम्भावना नरहेकाले आउने सरकारले किसान मैत्रि निति तथा कार्यक्रम सन्चालन गरी किसानलाई कृषि पेशमा आत्म सम्मान हुने बातावरण सृजना गर्ने बताउनु भयो ।

कृषिको बिकास बिना देशको बिकास सम्भव नहुने र त्यसका लागी ब्यवसायीक किसानको हितमा कार्यक्रम ल्याउनु पर्ने उहाको भनाई थियो । राज्यले कृष्कलाई न्युज ब्याजदरमा श्रण दिने घोषणा गरेपनि बैक तथा बित्तिए संस्थाहरुले त्यसलाई कार्यान्वय नगरेको र कृषि पेशामा बैकले श्रण दिन समेत नचाहाने गरेको गुन्जानगर दुग्द्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवं ढकाल गाई फमका प्रोपाईटर भरत प्रसाद ढकालले बताउनु भयो । दाना चोक्करको भाउ दैनिक बढ्ने दुधको मुल्य बषौ नबढ्ने कारणले यो पेशाबाट किसानहरु पलायन हुनु पर्ने अवस्था सृजना भएको भुषाल गाई फमका प्रोपाईटर इन्दिरा भुषालले बताउनु भयो ।

राज्यले आफुहरुलाई सम्बोधन नगरे बाकि रहेका कृषकहरुपनि पशु पालन छोडेर खाडि मुलुक जार्नु पर्ने अवस्था आउने उहा बताउनु हुन्छ । कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक डा बिकास श्रेष्ठले स्थानिय तहले पशुपालनमा किनै कम बजेट बिनियोजन गरेको भन्दै स्थानिय तहहरु किसान मैत्रि बन्न नसकेको बताउनु भयो ।

पशुपालन ब्यवसाय गरेर परिवार पाल्न सक्ने अवस्था नरहेको ब्यवसायीक पशुपालक दुग्द्ध उत्पादक कृषक समाजका चितवन जिल्ला सचिव ईन्द्र मणी गौरेले बताउनु भयो । चितवनमा रहेका ३०० फमहरु मध्य आधा ब्यवसायीहरु घाटा खाएर ब्यवसाय छोडेर बिदेश पलाएन भएको बताउदै उहाले अव पनि राज्यले किसानलाई सम्बोधन गर्न सकेन भने कृषकहरु अधिकार प्राप्ती र नेपालमा कृषकको हितका लागी अन्तिम लडाई लड्न तयार रहेको बताउनु भयो ।

दैनिक दाना चोक्करको मुल्य बृद्धि, औषधी उपचारको समस्या, रोगब्याधीको समस्या, बाच्छो र थारो गाई ब्यवस्थापनका समस्या, उन्नत जातको पशुको अभाव, दुधालु गाईको अभाव ,घास तथा दानाको समस्या लगाएतका धेरै समस्याका कारण आफुहरु मारमा परेको उहा बताउनु हुन्छ । यो ब्यवसायबाट जिबिका समेत चल्न गाह्रो भएको र लोन लिएर ब्यवसाय धानिरहेको ब्यवसायीक कृषक बिष्णु प्रसाद अधिकारीले बताउनु भयो । कार्यक्रममा बिभिन्न कृषि सहकारी संग आवद्ध कृषकहरुको सहभागिता रहेको थियो ।

Loading...