मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । भरतपुर ११ बसेनीमा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित वालवालिकालाई आर्थिक सहित खाद्यान्न, सरसफाईका सामाग्री र स्टेशनरी सहयोग गरिएको छ । रत्ननगर १ सौराहाचोकमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्थाले केन्द्रमा आश्रित १९ जना वालवालिकाका लागि ८ हजार नगद सहित खाद्यान्न,सरसफाईका सामाग्री,स्टेशनरी दराज सहयोग गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय बालवालिकाका लागि आर्थिक सहित आवश्यक सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष सदानन्द उपाध्यायले बताए । खाद्यान्न अन्तर्गत चामल, दाल, नुन, तेल, विस्कुट, चाउचाउ, सरसफाईका समाग्री अन्तर्गत साबुन, स्याम्फु, मन्जन, ब्रस, स्टेशनरी र दराज सहयोग गरिएको संस्थाका प्रबन्धक सुरज लौडारीले जानकारी दिए ।

केन्द्रमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सदानन्द उपाध्याय,सचिव बुद्धिप्रसाद देबकोटा लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले सयुक्त रुपमा नगद सहित सो सामाग्री केन्द्रकी सञ्चालिका मञ्जु खाँडलाई हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा केन्द्रकी सञ्चालिका मञ्जु खाँड,सहकारीका सचिव बुद्धिप्रसाद देबकोटा, संस्थाका कार्यसमिति सदस्य बसन्त देबकोटा,संस्थका शिक्षा समितिका संयोजक रामचन्द्र दुवाडी लगायतले मन्तव्य राखेका थिए ।

Loading...