विम्वयात्राको गजलमा प्रशुना पौडेल पहिलो

चितवन । सप्तगण्डकी बिम्ब यात्राको आयोजनामा भएको गजल प्रतियोगितामा सप्तगण्डकी बहुमुखि क्याम्पस भरतपुरमा वि.ए तृतिय वर्षमा अध्ययनरत प्रशुना पौडेल प्रथम भएकि छिन् । क्याम्पसमा अध्ययनरत साहित्य प्रेमी विद्यार्थीहरुको समुह बिम्ब यात्राले आज क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा श्रृगांरिक गजल वाचन गर्दै पौडेल प्रथम हुन सफल भएकि हुन् ।

यस्तै प्रतियोगिातमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा वि.वि.एस द्धितिय वर्षमा अध्ययनरत अन्जन देवकोटा प्रथम र कक्षा ११ मा अध्ययनरत दिनेश गुरुङ तृतिय हुन सफल भएका हुन् । प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कार प्रदान गर्दै विनोदीले साहित्यमा युवाहरुको सक्रियताले नेपाली साहित्यको दिशा निर्देश गर्ने बताएका छन् । उनले साहित्यीक विद्या महत्वपुर्ण विद्या भएको भन्दै यस्को संरक्षण र विकास दुवैमा युवाहरुको महत्वपुर्ण भुमिका रहने बताएका छन् । उत्त प्रतियोगिताको निर्णायकमा साहित्यकार सरला जोशी र रमेश प्रभात रहेका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद घिमिरे,सप्तगण्डकी विम्ब यात्राका संरक्षक कवि भुपिन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सप्तगण्डकी बिम्ब यात्राका निर्वतमान अध्यक्ष अपिल दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैविच सप्तगण्डकी विम्ब यात्राले आकाश पौडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । सप्तगण्डकी विम्ब यात्राको उपाध्यक्षमा शुक्रदिप्ती भण्डारी,सचिवमा अक्षराज पन्ति,सह सचिवमा मनिषा क्षेत्री, कोषाध्यक्षमा अर्जुन श्रेष्ठ रहेका छन् ।

Loading...