प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल ! अन्य प्रदेशमा को ?

काठमाडौं । बाम गठबन्धनबाट प्रदेश नम्बर ५ को मुख्य मन्त्रीमा शंकर पोखरेल उम्मेदवार हुने भएका छन् । एमाले स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

एमाले र माअोवादी केन्द्रबीच प्रदेश ५ को मुख्यमन्त्री एमालेले लिन सहमिति भएको छ । सोही अाधारमा पनि बाम गठबन्धनले बहुमत पाएको प्रदेश ५ मा एमाले प्रदेशसभाका संसदीय दलका नेता पोखरेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

प्रदेशसभाको एमाले संसदीय दलको पहिलो बैठकले पोखरेललार्इ संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा सहमतिअनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । एमाले उपाध्यक्ष गौतमले मंगलबारको स्थायी कमिटी बैठकले प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्ने निर्णय गरेको जानकारी दिए ।

एमालेले मुख्यमन्त्री पाउने अन्य प्रदेशमा भने मुख्यमन्त्रीका अाकांक्षी बढी भएका कारण संसदीय दलको नेता चयन हुन सकेका छैनन् । प्रदेश नम्बर १, ३ र ४ मा संसदीय दलको नेता चयन हुन सकेको छैन् ।

प्रदेश नम्बर ५ मा जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । माओवादीले जितेको २० सिट थपिँदा गठबन्धनको ६१ मत छ ।

यता प्रदेश नम्बर १ मा एमालेको तर्फबाट शेरधन रार्इ र भीम अाचार्यले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । एमालेको भागमा परेको यहाँ दुर्इ नेताको दाबीका कारण संसदीय दलको नेता चयन हुन सकेको छैन् ।

प्रदेश २ मा भने बाम गठबन्धनको सरकार बन्ने छैन् । यहाँ मधेसी दलको बहुमत रहेको छ । यहाँ पनि मधेसी गठबन्धनबाट ५ जनाले मुख्यमन्त्रीमा दाबी गरेका छन् । संघीय समाजवादी फोरमका विजय यादव , लालबाबु रावत र शैलेश शाह तथा राजपाबाट जीतेन्द्र सोनल र मनिष सुमन दाबेदार छन् ।

यहाँ फोरम सबैभन्दा ठूलो दल हो । उसले मुख्यमन्त्री पाए विजय यादव मुख्यमन्त्री हुने सम्भावना प्रवल छ । उनी फोरम अध्यक्ष यादव निकटका नेता मानिन्छन् ।

त्यस्तै प्रदेश ३ मा पनि बाम गठबन्धनको बहुमत छ । यहाँ एमालेको एक्लै बहुमत मुख्छ । यहाँ गठबन्धनका तर्फबाट एमालले मुख्यमन्त्री पाउने सहमति भए पनि एमालेभित्रै मुख्यमन्त्रीका अाकांक्षी बढी छन् ।

प्रदेश नम्बर तीनबाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, सानुकुमार श्रेष्ठ, अरूण नेपाल, केशब स्थापित समेतले मुख्यमन्त्रीमा दाबी गर्दै अाएका छन् ।

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङले दाबी गरिरहँदा यहाँको संसदीय दलको नेता समेत चयन हुन सकेको छैन् । बामगठबन्धनका तर्फबाट एमालेको भागमा मुख्यमन्त्री परेपनि संसदीय दलको नेता चयन नहुँदा को मुख्यमन्त्री बन्छ भन्ने टुंगो लाग्न सकेको छैन् ।

बामगठबन्धनको तर्फबाट माअोवादी केन्द्रले मुख्यमन्त्री पाएको प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्री दाबी गरिरहेका छन् । त्यस्तै प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहराले दाबी गरिरहेका छन् । यहाँ मुख्यमन्त्री माअोवादी केन्द्रले पाउने गठबन्धनबीच सहमति भएपनि माअोवादी केन्द्रले कसलार्इ मुख्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन् ।

माअोवादी केन्द्रले मुख्यमन्त्रीको टुंगो पार्टीका प्रदेश इन्चार्जहरूसँग समन्वय गरी तय गर्ने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

Loading...