यौन दुर्व्यहारको अभियोगमा एक नेपाली अमेरिकी जेलमा

काठमाडौं । अमेरिकामा चार वर्ष मुनिका तीन बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अारोपमा एक नेपाली जेल परेका छन् । अमेरिकाको ओरेगन निवासी ५१ वर्षीय तेक्वान्दो प्रशिक्षक शुद्धोधनमान रञ्जितलाई पक्रेर प्रहरीले वाशिङ्गनको काउन्टी जेलमा हालेको हो ।

ओरेगनको बेभर्टनस्थित साउथर्न पार्क वेमा युएस वर्ल्ड क्लास तेक्वान्दो प्रशिक्षण चलाउँदै आएका उनीमाथि चार वर्ष मुनीका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको हो । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी मागिएको छ । छैटौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् ।

उनका वकीलले उनी नेपाली संस्कार अनुसार पारिवारिक व्यवहार गरेको भन्दै उनले छुट पाउने अाशा राखेका छख् ।

Loading...