राष्ट्रिय काव्य विमर्श हुने

चितवन । कविडाडा साहित्य समाज चितवनले यहि माघ २० गते कविडाडा राष्ट्रिय काव्य विमर्श तथा कविता वाचन २०७४ को आयोजन गर्ने भएको छ । चितवनमा नै पहिलोपटक हुन लागेको सो कार्यक्रमको बिहिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो ।

कार्यक्रमको प्रथम सेसन उद्घाटन बिहान ९ बजेदेखि १२ बजे सम्म चितवन मेडिकल कलेजको सभाहल, कैलाशनगरमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती रहने र कविडाडा साहित्य समाज चितवनका अध्यक्ष्ँ एल बि क्षेत्रीको अध्यक्ष्ँतामा कार्यक्रम सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

साथै कार्यक्रममा कविडाडा साहित्य सम्मान २०७४ अर्पण गर्ने र कार्यक्रमको औचित्य बारे भूपिन खड्काले प्रकाश पार्ने बताइएको छ । त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा कार्यपत्र सहितको बहस दिउसो १ बजेदेखि ३ बजे सम्म हुने छ । सो बहसमा सरिता तिवारीले समकालिन नेपाली कवितामा नारी चेतको कविता प्रस्तुत गर्नुहुने छ । सो बहसको अध्यक्षता डा अमर गिरीले गर्नुहुनेछ ।

त्यसैगरी कार्यक्रमको तेस्रो सत्रमा चियासंग कविता वाचन बेलुका ३ बजेदेखि साढे ४ बजे सम्म हुने छ । कविता वाचनको अध्यक्षता श्रवण मुकारुङ र कार्यक्रम सन्चालन भने गणेश श्रमणले गर्नुहुनेछ । सो कार्यक्रममा बाहिरी जिल्लाबाट ४० जना र चितवनबाट ७० जना साहित्यकारहरुको सहभागिता रहने बताईएको छ ।

Loading...