कुवेत जाने महिलाको पीडाः जाँदा एक्लै फर्किँदा बच्चासहित

काठमाडौँ । रोजगारीका लागि कुवेत पुगेका महिलाहरू घरेलु कामदारको रूपमा यौन शोषणमा पर्ने गरेका छन् । धन कमाउने अाशमा कुवेत पुग्ने महिलाहरू जाँदा एक्लै गए पनि फर्किँदा बच्चाको साथमा फर्किन बाध्य छन् ।

सिन्धुपाल्चोककी सुष्मा तामाङ (नाम परिवर्तन) आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश फर्किँदै छन् । उनी एक्लै स्वदेश फर्किनुपर्ने भएको भए पहिले नै फर्किँन्थिन् । साथमा चार वर्षको छोरो पनि थियो । त्यसलार्इ लिएर फर्किन उनलार्इ कानुनी समस्या परेको थियो । अब उनी छोरोसहित नेपाल फर्किन पाउने भएकी छन् ।

नचाहँदा नचाहँदै बच्चा जन्मिहाले पछि त्यसको माया लाग्दो रहेछ, त्यसलार्इ पनि साथमा ल्याउन थालेकी उनले भनिनन् । उनी कुवेतमा ८ वर्षअघि घरेलु कामदार (हाउसमेड) का रूपमा पुगेकी थिइन् ।

त्यहाँ रहँदा शारिरिक यातनासँगै यौन शोषण समेत व्यहोर्नुपरेको उनले पीडा सुनाइन् । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्कमा उनले बच्चा जन्माएकी हुन् । सँगै बस्ने उनले त्यही बच्चा जन्माइन् ।

अहिले कुवेत सरकारले झन्डै एकमहिने आममाफी कार्यक्रम चलाएको छ । सोही कार्यक्रममा उनी नेपाल फर्किन लागेकी हुन् । आममाफी खुलेको ६ दिन भयो । अहिलेसम्म नेपाली दूतावासबाट २५ बालबालिकालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ । जसमा १३ बालक र १२ बालिका छन् । तिनमा नवजातदेखि १४ वर्षसम्मका रहेको दुतावासले जनाएको छ ।

कुवेतको आवासीय कानुनअनुसार विवाहपूर्व सँगै बस्नु, शारीरिक सम्बन्ध कायम र बच्चा जन्माउनु अपराध हो ।

उनीमात्र होइन रसुवाकी सुनिता (नाम परिवर्तन)को पनि पीडा उस्तै छ । उनको बच्चाको बाबु अहिले सम्पर्कमा छैनन् । त्यो बच्चा
धेरैजसो कुमारी आमालाई भने बच्चा लिएर घर फिर्न निकै कठिन भइरहेको छ ।

कुवेतमा क्रियाशील सामाजिक अभियन्ताहरूअनुसार पाकिस्तान, बंगाल, इजिप्टलगायत देशका नागरिकसँग बसेर बच्चा जन्माएका महिलालाई पठाउन अझै चुनौतीपूर्ण छ । नेपाली दूतावासका अनुसार कुमारी आमाहरूको संख्या अझै बढ्न सक्ने स्थिति छ । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली बाबु पहिचान भएको केसमा मात्रै बच्चाहरूको ट्राभल डकुमेन्ट जारी गरिएको छ ।

दूतावासले अवैध रूपमा बस्दै आएका १ हजार ३ सय ६५ नेपालीलाई घर फिर्न ट्राभल डकुमेन्ट जारी गरिसकेको छ । जसमा सबभन्दा बढी ८ सय ८२ महिला र ४ सय ५९ पुरुष कामदार छन् । आगामी फेब्रुअरी २३ तारिखसम्म हुने आममाफीमा सहभागी नभए कुवेतले खाडीका अन्य देश बहराइन, साउदी अरब, कुवेत, ओमन र यूएईमा काम गर्नसमेत रोक्ने गरी कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

Loading...