होमस्टेमा पाहुनाको घुइँचो

नवलपुर । नवलपुरको देवचुलि नगरपालीका १७ मा रहेको पिप्रहर सामुदायिक होमस्टे ग्राममा पाहुनाको संख्या बढ्दो रहेको छ । जिल्लाको देवचुली नगरपालिमा १७ मास्थानियहरु मिति संञ्चालन गरेको होमस्टेमा पाहुनाको संख्या दिन प्रतिदिन बढ्दो रहेको पिप्रहर सामुदायिक होमस्टे ग्रामका व्यवस्थापक सोमनाथ महतोले बताउनुभयो ।

२०७१ सालमा सामान्य रुपबाट संञ्चालनमा आएको सो होमस्टेले हाल २२ वटा पाहुना घर निर्माण गरि पाहुनाहरुलाई उचितरुपमा सत्कार गर्दे आएको छ । व्यवस्थापक महतोका अनुसार होमस्टे संञ्चालमा आए देखि पौष महिना सम्म ४ हजार ४७ जना पाहुनाहरु आएको बताउनुभयो ।

विशेष गरेर चितवन , रुपन्देही , कास्की , काठमाण्डौ लगायतका स्थानबाट पाहुनाहरु ऋाउने गरेको व्यवस्थापक महतोको भनाइ छ । शान्त ठाउ तथा पर्यटकिय दृष्टीकोणले पनि उचित स्थान भएकै कारण पाहुना तथा पर्यटकहरु बढि आउने गरेको होमस्टेका अध्यक्ष झनक महतोले बताउनुभयो ।

अध्यक्ष महतोका अनुसार नवलपुर पनि पर्यटकि दृष्टी कोणले ज्यादै उचित गन्तव्य रहेको र त्यसको बृद्धि र विकास गर्न आगामि दिनमा पिप्रहर सामुदायिक होमस्टेले सौराह लगायतका स्थान भन्दा बढि फरक पन तथा आफ्ना पपाहुनालाई सत्कार गर्ने बताउनुभयो ।

हाल पिप्रहर सामुदायिक होमस्टेमा आउने पाहुनाहरुलाई मिश्रीत जातजातीको सास्कृतिक कार्यक्रम , बोटिङ, जंगल सफारी लगायतका सेवाहरु प्रदान गरि रहेको अध्यक्ष महतोले बताउनुभयो ।

Loading...