प्रचण्डको देवघाट नोस्टाल्जियाः देवघाटका अाश्रममा धेरैपटक पुगेको छु

बाँदर धपाउने काइदाः उठाएर बर्दिया पुराउँ टन्टै खलास

चितवन । सोमबार गृहजिल्ला अाइपुगेका माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देवघाट पुगे । अाइतबार बाट देवघाटको गलेश्वर अाश्रममा सुरू भएको विराट ज्ञानमहायज्ञको अवलोकन तथा अाश्रमले निर्माण गर्न लागेको विद्यालय भवनको शिलान्यास गर्दै प्रचण्डले विगतलार्इ कोट्याउन थाले ।

सानोमा ब्रतबन्ध नहुँदै देवघाट पुगेको, अाफ्ना बाअामासँग देवघाटमा घुमेको, ब्रतबन्ध पछि देवघाटमा पानीमा डुबुल्की मारेको देखि अाँफ्ना केही फूपुहरू देवघाटको वृद्धाश्रममा बसेको र तिनै लार्इ भेट्न सानोमा देवघाट पटक पटक पुगेको स्मरण गरे । विवाह पछि पनि पटक पटक अाश्रममा अाउने गरेको उनले बताए ।

‘हाम्रा केही फुपुहरू, सासुअामाहरू यहाँ बस्नु हुन्थ्यो तपार्इँहरू जस्तै वृद्भाअाश्रममा, म र मेरो श्रीमती धेरैपटक त्यो अाश्रममा अाएर खाने बस्ने गरेका छाैँ’, उनले भने, ‘त्यतिवेला म यो रूपमा त परिचित थिइन् म एउटा सामान्य राजनितिक कार्यकर्ता थिएँ, यसरी देवघाटमा बस्ने वृद्धबाअामाहरूको के दुःख छ के पीडा छ भन्ने देखि देवघाटको के महत्व छ भन्ने कुरा सम्म बुझेको छु यसको गरिमाबारे गहिरो अनुभुती छ यसलार्इ कसैले मेटाएर मेटिँदैन् ।’

उनले देवघाटको विकासका कोही पुग, अाफू देशको कार्यकारी पद वा पार्टी अध्यक्ष वा प्रधानमन्त्री जे भए पनि अाफ्नो हात देवघाटको विकासका पक्षमा स्वत जाने समेत बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले देवघाटको विकास गरी धार्मिक रूपमा अन्तर्राष्ट्रिय रूपमा परिचत गराउँद धार्मिक पर्यटनको रूपमा विकास गर्ने बताए । देवघाटधामको गलेश्वर अाश्रममा अायोजित विराट ज्ञानमहायज्ञ अवलोकन तथा गलेश्वर अाश्रमले बनाउन लागेको विद्यालयको शिलान्यास गर्दै उनले देवघाट पशुपति भन्दा अगाडि बढ्ने अाशा व्यक्त गरे ।

प्रचण्डले निर्माण सुरू भएको विद्यालय दुर्इ वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए । अायोजकले विद्यालय पाँच वर्ष सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । ‘म भोली सरकार सञ्चालन गर्न पदमा भए अथवा सरकार सञ्चालन गर्न पार्टीको पदमा त पक्कै हुन्छु नै फरकै पर्दैन, त्यहाँबाट यो विद्यालय समयमै सक्ने र अाध्यात्मिक चिन्तनका सुयोग्य शिष्यहरू जन्माउने विषयमा मेरो पुरै सहयोग रहने छ,’ उनले भने ।

कम्यूनिष्टहरू वृद्भवृद्धका विरोधी नभएको भन्दै सबै धार्मिक अास्थाहरूको सम्मान गर्ने पार्टी भएको बताए । बामपन्थीहरू वृद्भवृद्भाहरूको सम्मान गर्ने पार्टी भएको बताए ।

बाँदर धपाउने काइदाः उठाएर बर्दिया पुराउँ टन्टै खलास

यसैबीच देवघाटमा बाँदर अातंक नियन्त्रणमा पनि प्रचण्डले उपाय सुझाएका छन् । ‘देवघाटका अाश्रममा रहेका वृद्ध अामाबाहरूलार्इ बाँदर दुख दिएको कुरा अाएको छ,’ उनले भने, ‘सायद बाँदर पार्क बनाएर बाँदर नियन्त्रण गर्न नेपाललार्इ अझै समय लाग्ला तर सबैभन्दा राम्रो यहाँ भएका बाँदर उठाएर बर्दियाका जंगलमा लाने सबैभन्दा सजिलो लाग्या छ मलार्इ, किनभने यहाँबाट थुप्रै जनावर बर्दिया लाने चलन छ नेपालमा, त्यसो गर्दा टन्टै खलास होला जस्तो लाग्या छ मलार्इ ।’

प्रचण्ड बोल्दा बोल्दै एक वृद्भले प्रश्न खडा गरिन्, बर्दियामा के होला फेरी ? प्रचण्डले जवाफ दिए, ‘त्यहाँ केही हुँदैन, चारैतिर घेरा हालिएको ठूलो जंगल छ ।’ त्यस्तै बाँदर पार्क बनाउने विषयमा समेत अाफूले सरकारसँग कुरा गर्ने बताए ।

यसैबीच प्रचण्डले अाफ्नो बैठक भत्तावापतको एक लाख रूपैयाँ चन्दा निर्माणाधीन विद्यालयलार्इ हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

Loading...